प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन्।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार कार्कीले खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ, डा.सुधा शर्मा गौतम र बब्लु गुप्तालाई मन्त्री बनाउन लागेकी छन् ।
स्रोतका अनुसार डा. शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय , श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, गुप्तालाई युवा तथा खेलकुद मन्त्री बनाउन कार्कीले राष्ट्रपतिसमक्ष सिफारिस गरेकी हुन् । हाल भूमि मन्त्रालयको जिम्मेवारी अनिलकुमार सिन्हाले सम्हाल्दै आएका छन्।
राष्ट्रपति कार्यालयका अनुसार आज दिउँसो शितल निवासमा शपथ ग्रहणको तयारी छ। यस अगाडि सात सदस्यीय मन्त्रिमण्डल बनिसकेको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया