Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ कार्तिक १० गते सोमबार

भदौमा २३ र २४ गते भएको जेनजी आन्दोलनको बेला काठमाडौं प्रहरीको इञ्चार्जको जिम्मेवारीमा रहेका एसएसपी विश्व अधिकारी बढुवामा छुटेका छन् ।
आइतवार निकालिएको एसएसपीबाट डीआईजीको बढुवा सिफारिसमा अधिकारी छुटेका हुन् ।
बढुवा दाबेदारको अग्र स्थानमा रहेका अधिकारी छुट्दा पाँच एसएसपी डीआईजीका लागि सिफारिस भएका छन् ।
सिफारिस सूचीअनुसार पहिलो नम्बरमा भुपेन्द्र खत्री, दोस्रोमा सानुराम भट्टराई, तेस्रोमा ओम अधिकारी, चौथोमा शेखर खनाल र पाँचौमा अभिनारायण काफ्ले छन् ।
तर अधिकारीको हकमा भने जेनजी घटनाको छानबिनको क्रममा रहेको भन्दै बढुवा सिफारिसमा छुटाइएको छ।
जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीको गोली लागेर २२ प्रदर्शनकारीको मृत्यु भएको थियो ।
त्यसपछि अधिकारी सहित काठमाडौं प्रहरी परिसरको टिम नै परिवर्तन गरिएको थियो ।
जेनजी आन्दोलनका क्रममा भएका घटना छानबिनका लागि सरकारले विशेष अदालतका पूर्व अध्यक्ष गौरी बहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरेको छ । कार्की विरुद्ध सर्वोच्चमा रिट समेत दायर भएको छ ।
एसएसपी बढुवामा पहिलो नम्बरमा थिए अधिकारी
२०८० वैशाख २४ गते भएको एसएसपी बढुवामा पहिलो नम्बरमा अधिकारी थिए।
तर जेनजी आन्दोलनका क्रममा काठमाडौं प्रहरी प्रमुख रहेका उनलाई हेडक्वाटर फिर्ता गरेर एसएसपी रमेश थापालाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिएको थियो।
२०५५ कात्तिक १ गते प्रहरी सहायक निरीक्षकमा भर्ना भएका उनले २०५६ मा प्रहरी निरीक्षकमा नाम निकालेका थिए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>