Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ कार्तिक १० गते सोमबार

अभिनेता प्रकाश सपुतले आफूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्नु गल्ती भएको बताएका छन् । पछिल्लो फिल्म ‘सोल्टिनी’ प्रवर्धनको क्रममा एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले गल्ती स्वीकारेका हुन् । आफूले निर्माण गरेको फिल्म ‘वसन्त’ रिलिजअघि आयोजित समारोहमा सपुतले सोही कार्यक्रममा सहभागी तत्कालिन प्रधानमन्त्री ओलीको खुलेर प्रशंसा गरेका थिए । संघर्ष गर्नेको लागि ओलीको जीवन प्रेरणादायी रहेको उनले बताएका थिए । ओलीको प्रशंसा गर्दा तपाईंको हाइट घट्यो र व्यक्तित्वमा प्रहार भयो भन्ने कुरा मान्नुहुन्छ भनेर सोध्दा प्रकाशले यो कुरालाई आफूले मान्ने बताएका छन् । ‘त्यो त सार्वजनिक रुपमा देखिएको कुरा हो’ उनले भनेका छन् । तपाईंले केपी शर्मा ओलीको प्रशंसा गर्नु चाहिँ गलत भयो ? भनेर सोधिएको अर्को प्रश्नमा प्रकाशले ‘गलत भयो’ भनेर जवाफ दिएका छन् । ‘त्यो समयमा कुनै राजनीतिक व्यक्तित्वलाई हामीले प्रशंसा गर्ने, फुक्र्याउनेभन्दा पनि खबरदारी गर्ने समय हो त्यो चाहिँ’ उनी भन्छन्, ‘भोलिका दिनमा पनि खबरदारी गर्नुपर्छ । अझ सरकारमा भएका व्यक्तिहरू । सरकार भनेको जिम्मेवार निकाय हो ।’ ओलीको प्रशंसा गरेपछि सपुत सामाजिक सञ्जालमा आलोचित बनेका थिए । कामको कुरा गर्दा, सपुतले अभिनय गरेको फिल्म ‘सोल्टिनी’ अहिले हलमा चलिरहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>