कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार बुधवार राति करिब २ बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको यात्रुबाहक बस दुर्घटनामा भएको हो। बसले बाटो क्रस गर्दै गरेका एक पैदलयात्रीलाई ठक्कर दिँदा बस अनियन्त्रित भई सडकमा पल्टिएको उनको भनाइ छ।
दुर्घटनामा करिब ५०/५५ वर्षका एक पुरुष पैदलयात्रीको मृत्यु भएको प्रहरी निरीक्षक घिमिरेले बताए। उनलाई उपचारका लागि आधारभूत अस्पताल चन्द्रौटा ल्याइएको र चिकित्सकले बिहान करिब ३ बजे मृत घोषणा गरेका हो। बसमा सवार पाँच जना घाइते यात्रुको सञ्जिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइते हुनेमा कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका-७ को ४३ वर्षीय जग्गुराम डगौरा, काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-६ का ४५ वर्षीय टेकेन्द्र खत्री, कञ्चनपुर भीमदत्त नगरपालिका-१० का २४ वर्षीय भरत नाथ, कञ्चनपुर लालझारी गाउँपालिका-१ का ३६ वर्षीय भिमबहादुर चौधरी र कञ्चनपुर गुलरिया नगरपालिका-४ की १४ वर्षीय रितु लोहार रहेको प्रहरीले जनाएको छ। बसमा करिब ३५ जना यात्रु सवार रहेको र बस चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक घिमिरेले बताए।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया