दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मडमा रहेको राष्ट्रकै सात धार्मिक तिर्थ स्थल मध्येको एक मालिकार्जुनमा आज रात्री जात्रा लाग्दै छ । कार्तिक शुक्ल त्रयोदशीका दिन शिखर पुजन जात्रा सम्पन्न भए पछि हरेक वर्ष कार्तिक शुल्क चतुर्दशीका दिन लाग्ने जात्रा मंगलबार (आज) विहानबाट शुरु भएको हो ।
मालिकार्जुन मन्दिरमा लाग्ने जात्राको लागि एक साता पहिले देखि नै तयारी भइरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जात्रामा हजारौको संख्यामा दर्शनार्थीको सहभागिता हुने गर्दछ । सोमबार देखि नै मन्दिरमा भक्तजनहरुको भिडभाड रहेको छ । आज पनि विहानै देखि दर्शनार्थीहरु आउने क्रम सुरु भएको छ ।
जात्रालाई व्यवस्थित गर्न जिल्ला सुरक्षा समिति, मन्दिर व्यवस्थापन समिति र अन्य नियकाले विभिन्न निर्णय गरेका छन् । मालिकार्जुन जात्रामा मदिरा बेचबिखन तथा सेवन पुर्ण रुपमा बन्द गरिएको छ । जसको लागि प्रहरीले एक साता अघि देखि नै चेकजाँच गरिररहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरिक्षक गौरव महतले जानकारी दिनुभयो ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सुरक्षा परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । सोमबार साँझ सम्म इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली र खंलगाबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३२ जना शसस्त्रको टोली मालिकार्जुन पुगिसकेको छ ।
त्यस्तै आज जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिसपी) गौरव महतको कमाण्डमा १ सय ६० जनाको प्रहरी टोली परिचालन हुने प्रशासनले जनाएको छ । ‘जात्रा लक्षित गर्दै त्यस क्षेत्रका मदिरा पसल आइतबार देखि नै सिल गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी महतले बताउनुभयो । मालिकार्जुन जात्रामा सुरक्षाको कुनै कसर बाँकी राख्दैनौ, जात्रामा सबैले सुरक्षित महसुस गर्ने वातावरण शिर्जना गर्छौ, सबैलाई जात्रा शुशान्त र मर्यादित मनाउन आग्रह पनि गर्छौ’ उहाँले भन्नुभयो ।
रात्री जात्राको अवसरमा धार्मिक, सामाजिक र सांस्कृतिक महत्तलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले यस अघि नै विशेष सुरक्षा योजनासहित विभिन्न निर्णयहरु गरेको छ । मालिकार्जुन धाममा लाग्ने रात्रीकालीन जात्राको दिन आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने, मदिरा र जुवातास जस्ता असामाजिक गतिविधि बन्द गर्ने, जात्राको दिन कात्तिक १८ गते राति १२ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालन गर्न रोक लगाउने लगायत महत्तपूर्ण निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो ।
पवित्र मनले मालिकार्जुनको दर्शन गर्नाले पूण्य मिल्ने , मनोकामना पूरा हुने र खासगरी निःसन्तालाई सन्तान सुख प्राप्त हुने जनविश्वास रही आएको छ । आजकै दिन मालिकार्जुनका देवीहरुको बसोबास रहेको लेकम ५ मैखोली, लेकम ६ उचाकोट, लेकम २ गराडी लगायत विभिन्न शक्तीपिठहरुमा रातभरी जात्रा लाग्ने गर्दछ ।
द्धितिया तिथिबाट जिल्लाको लेकम क्षेत्रमा सुरु भएका जात्रा पूर्णिमाको दिन सकिन्छन् । लेकम गाउँपालिकाको पाती, कुणी लगायत स्थानमा पुर्णिमाको दिन अन्तिम जात्रा लाग्ने गर्दछ । जिल्लाको लेकमा क्षेत्रमा दशै तिहार भन्दा पनि जात्रालाई बढी महत्व दिईने गरेको छ । मालिकार्जुन जात्रामा दमाहा बाजा सहित भक्तजनहरुको भीड लाग्ने गर्छ ।
            मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
            मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया