Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ माघ १८ गते मङ्गलबार

आयल निगमले फेरि बढायाे पेट्रोलियम पदार्थकाे मुल्य

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले बढाएको हो ।
नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १२५ पुगेको छ । यस्तै आन्तरिक हवाई ईन्धनमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी प्रति लिटर ११६ पुगेको छ । एलपी ग्यासको मूल्य  भने यथावत राखिएको छ । 
भारतीय आयल कर्पोरेशनले आज नै नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको थियो । प्रत्येक महिनाको १ र १५ तारिखमा पठाउने कर्पोरेशनले आज नयाँ मूल्यसूची पठाएको हो । निगमलाई प्राप्त मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.९२ रुपैयाँ बढेर आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ७.२४ रुपैयाँ तथा मट्टितेलमा ८.८० रुपैयाँ बढेर आएको निगमले जानकारी दिएको छ ।​ यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटर ७.४८ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ८२ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार अन्य सबै पेट्रोलियम पदार्थको मूल्य बढ्दा एलपी ग्याँसको मूल्य भने घटेर आएको हो ।
यो समायोजनले १५ दिनको जम्मा घाटा करिब २ अर्ब ६० करोडबाट ३७ करोडले घट्ने निगमको भनाइ छ । यसका बाबजुद अझै करिब २ अर्ब २३ करोड घाटा निगमलाई हुने देखिएको छ । निगमका अनुसार पेट्रोलमा अझै प्रतिलिटर १३.२३ रुपैयाँ र डिजेलमा ११.१३ रुपैयाँ घाटा रहेको छ । यता मट्टितेलमा प्रतिलिटर १८.१२ रुपैयाँ, आन्तरिक हवाई इन्धनतर्फ १०.५० रुपैयाँ तथा बाह्य हवाई इन्धनतर्फ ३२.७२ रुपैयाँ फाइदा रहेको छ । एलपी ग्यासमा भने प्रति सिलिन्डर ५६०.०९ रुपैयाँ घाटा रहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>