नेपाल–भारतबीच सन् २०२७ डिसेम्बरभित्र चमेलिया-जौलजिवी २२० के.भी. डबल सर्किट प्रसारण लाइन सम्पन्न गर्ने गरी काम अघि बढाउने सहमति भएको छ ।
पोखरामा सम्पन्न नेपाल–भारत सह–सचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७ औं बैठकमा त्यसका लागि सन् २०२५ नोभेम्बरभित्र संयुक्त रूपमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने सहमति पनि भएको छ ।
कात्तिक १७–१८ गते आयोजित बैठकमा नयाँ बुटवल–गोरखपुर ४०० के.भी. लाइनलाई अस्थायी रूपमा २२० के.भी.मा सञ्चालन गर्ने व्यवस्था मिलाउने र उक्त लाइनमार्फत् विद्युत आयात–निर्यात क्षमताबारे भारतको उत्तर प्रदेश ट्रान्समिशन कम्पनीसँग १५ दिनभित्र बैठक गर्ने सहमति भएको छ ।
बैठकमा ढल्केवर–मुजफ्फरपुर र ढल्केवर–सितामढी लाइनमार्फत् विद्युत आदान–प्रदान क्षमताको पुनर्मूल्यांकन भएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ । जसअनुसार नेपालले नेपालबाट एक हजार ५०० मेगावाटसम्म विद्युत निर्यात र एक हजार ४०० मेगावाटसम्म आयात गर्न सक्ने क्षमता कायम भएको मन्त्रालयको भनाइ छ ।
दुई देशबीच निजगढ–मोतीहारी ४०० के.भी. डबल सर्किट लाइनको डीपीआर तयारीका लागि नेपालले आवश्यक प्राविधिक विवरण एक महिनाभित्र उपलब्ध गराउने र संयुक्त प्राविधिक टोलीले दुवै देशको संयुक्त डीपीआर तयार गर्ने सहमति पनि भएको छ ।
मन्त्रालयले लमही–लखनउ ४०० के.भी. लाइनको नेपालतर्फको टर्मिनेशन बिन्दु लामही (दाङ) वा कोहलपुर (बाँके) सम्बन्धी अन्तिम अध्ययन संयुक्त रूपमा गरी डीपीआर तयार गरिने पनि जनाएको छ ।
बैठकको अध्यक्षता सिंचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देव तथा भारत सरकारको केन्द्रीय विद्युत प्राधिकरण (सीईए) का प्रमुख इन्जिनियर भगवान सहाय बैरवाले सह–अध्यक्षता गरेका थिए ।
बैठकमा दुवै देशबीचको विद्युत आदान–प्रदान, प्रसारण प्रणालीको सुदृढीकरण तथा नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा विस्तृत छलफल भएको थियो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया