Samriddhipost
२०८२ कार्तिक २० गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ कार्तिक २० गते बिहिबार

कञ्चनपुरको भीमदत्त नगरपालिकाले पत्रकार सुरेश सिह धामीको उपचारका  लागि ५०हजार रुपैया दिने भएको छ । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष धामीको उपचारका  लागि भीमदत्त नगरपालिकाले उपचार खर्च दिने भएको हो । 
भीमदत्त नगरका मेयर पदम बोगटीका सचिवालय प्रमुख चक्र महताले महासघका अध्यक्ष धामीको उपचारका  लागि पालिका तर्फबाट उपचार खर्च उपलब्ध गराउने निर्णय भएको बताए । पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष केही समयदेखि काठमाण्डौँ स्थित काठमाण्डौँ मेडिकल कलेज सिनामंगलमा उपचारार्थ छन । 
धामीको पाचन प्रणालीसग सम्बन्धी ग्रन्थी(प्याङक्रियाज)मा ट्युमर फेला परेपछि पहिलो चरणको सल्यकृया भएको र दोस्रो चरणका  लागि अर्को अस्पताल एव थप खर्च लाग्ने भएपछि उपचार खर्च अभाव भएपछि पालिकाले सहयोग गर्ने निर्णय गरेको छ । 
एमाले निकट प्रेस चौतारी कञ्चनपुरका संस्थापक अध्यक्ष समेत रहेका पत्रकार महासंघका जिल्ला अध्यक्ष धामीको उपचारका लागि जिल्लाकै जेठो पालिकाले आर्थिक सहयोग  गर्ने निर्णय अनुरुप खातामै रकम जम्मा गर्ने जनाएको छ । 
अपिटुटे दैनिक, अपिनम्पा साप्ताहितका संचालक समेत रहेका पत्रकार धामी दुई दशकदेखि पत्रकारितामा सकृय छन । 
भीमदत्त नगरका मेयर पदम बोगटीले जनतालाई सुचनाका हक अधिकारका  लागि अहोरात्र खटिने पत्रकारलाई उपचार गर्न अभाव भएपछि पालिकाले अभिभाविकीय रुपमा भूमिका निर्वाह गरेको बताए । काँग्रेस कञ्चनपुरका सभापति समेत रहेका मेयर बोगटीले समाजका लागि निःस्वार्थ भएर खटिने पत्रकार उपचारका  लागि सहयोग गरेका छन । नेपाल पत्रकार महासघ, प्रेस यूनियन, प्रेस सेन्टर र प्रेस चौतारी सहितका पत्रकार संघ संगठनहरुले धामीको उपचारार्थ सहयोगका लागि जिल्लाका पालिका सरकार सहित स्वदेश तथा विदेशमा रहेका आम नेपाली महानुभावहरुलाई सक्दो उपचार सहयोगका लागि अपिल गरेका छन । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>