नेपाली काँग्रेसका नेता मोहम्मद अफताब आलमको उपचारको क्रममा आज बिहान भएको मृत्यु भएको छ।
बिहान झन्डै ३ बजे काठमाडौँ मेडिकल कलेजमा आलमको मृत्यु भएको चिकित्सकलाई उदृत गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिनुभयो।
मुटुमा समस्या देखिएपछि उहाँको उपचार भइरहेको थियो ।
२०६४ सालको निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई जिउँदै इट्टाभट्टामा जलाएको अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै आलमलाई जन्मकैदको फैसला सुनाएको थियो।
उक्त फैसला उच्च अदालतले उल्ट्याउँदै आलमसहित सबै प्रतिवादीहरुलाई सफाइ दिएको थियो। उच्चको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन भए पनि फैसला भइसकेको छैन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया