Samriddhipost
२०८२ कार्तिक २७ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ कार्तिक २५ गते मङ्गलबार

गण्डकी प्रदेश सरकारले गाँजाखेतीसँग सम्बन्धित विधेयक अघि बढाएको छ। उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले सोमबार प्रदेशसभामा "औषधिजन्य तथा औद्योगिक प्रयोजनको लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक" प्रस्तुत गरेका हुन्।
प्रदेश सरकारका अधिकारीहरूका अनुसार रोजगारी र आयआर्जन बढाउने उद्देश्यसहित उक्त विधेयक अघि बढाइएको हो। लागुऔषधिका रूपमा सेवन गर्न नभई "औषधीय र औद्योगिक कच्चा पदार्थका लागि मात्रै खेती गर्न दिने गरी" विधेयक ल्याइएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीबीसीलाई बताए।
"पर्यटकहरू (पोखरा) आउने र यहाँ गाँजा पिउन पाउने भन्ने चाहिँ होइन। पछि के होला तर अहिले हामीले गर्न खोजेको त्यो होइन," उनले भने। गण्डकी प्रदेशले यसअघि घरेलु मदिरा उत्पादनलाई कानुनी मान्यता दिने गरी कानुन ल्याइसकेको छ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>