नेकपा एमालेका स्थाई कमिटि सदस्य कर्ण थापाले पूर्व उपाध्यक्ष भीम रावल नवगठित नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि सुदूरपश्चिममा नेकपा एमालेको पहिलो पुस्ता एमालेमा नरहेको बताएका छन् । बुधबार रावल प्रचण्ड माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् । रावल नवगठित पार्टीमा प्रवेश हुँदै गर्दा थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत सुदूरपश्चिममा एमालेको पहिलो पुस्ता नरहेको बताएका हुन् ।
‘सुदूरपश्चिममा नेकपा एमालेको पहिलो पुस्ता अब हामीसँग रहेन । पछिल्लो पुस्ताको ठुलो हिस्सा जोडिएको छैन, जोड्न कोही लागिपरेको पनि देखिएको छैन’, थापाले भनेका छन्, ‘बरु भइरहेकाहरूलाई खेद्न एउटा पङ्क्तिको रहस्यमय सक्रियता रहेकै छ ।’ उनले दशकौँ पार्टी काममा सहयोद्धाका रूपमा काम गरेका नेताहरू पार्टीबाट बाहिरिँदा मन चसक्क हुँदोरहेछ पनि भनेका छन् ।
‘पार्टी भित्र रहँदा मतभिन्नता र आन्तरिक संघर्ष हुन्छ । अलिअलि मन मुटाव पनि स्वाभाविकै हुन्छ’, थापाले भनेका छन्, ‘तर नियोजित रूपमा पार्टीमा बस्न नदिने व्यवहार कुनै दृष्टिकोणले पनि उचित हुन सक्दैन ।’
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया