बैतडीको पाटन नगरपालिका–६ का ट्रक चालक बिरभान बिष्टको हत्यामा संलग्न चार जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत बैतडीले बिष्टको हत्याम संलग्न चार जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
गाउँकै बुहारी नाता पर्नेको घरमा २०८१ असार १ गते बिष्टको हत्या गरी राखेको र त्यसको दुई दिनपछि पाटन–पञ्चेश्वर सडकखण्डको घङाल खोलमा शव फालिएको थियो । असार ३ गते बिष्टको शव सो स्थानमा फेला परेको थियो । २०८१ असार २३ गते भएको थुनछेक बहसमा हत्यामा संलग्न पाँचै जनालाई पुर्वपक्षका लागि कारागार चलान गरिएको थियो ।
अदालतले हत्यामा संलग्न मृतक बिरभानकी बुहारी नाता पर्ने शिक्षिकासमेत रहेकी भागरथी बिष्ट, पाटन–६ कै ३८ वर्षीय भरत मोहन बिष्ट, पाटन–१ का १९ वर्षीय राजेन्द्र भट्टराई र पाटन–६ का २६ वर्षीय आशिष पहरीलाई जन्मकैदको फैसला सुनाएको हो भने अर्का १८ वर्षमुनिका किशोरलाई १६ वर्षको कैद सजाय सुनाएको हो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया