Samriddhipost
२०८२ मङि्सर ०४ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ मङि्सर ०४ गते बिहिबार

सुदूरपश्चिम प्रदेश सभाको बैठक सञ्चालन अनिश्चित बनेको छ । जेनजी आन्दोलनमा जलेको सुदूरपश्चिम प्रदेश सभा भवन मर्मत कार्य भइरहेको छ ।
अहिले सङ्घीय संसद् नभएको अवस्थामा प्रदेशको भूमिका महत्वपूर्ण भएकाले क्षतिग्रस्त सबै संरचनाको पुनर्निर्माण गरेर मङ्सिरभित्रै बैठक बोलाउने लक्ष्य राखिएको सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले जानकारी दिएका छन्।  
उनले आगजनी र तोडफोडबाट प्रदेश सभाका ९० प्रतिशत संरचना नष्ट भएको बताएका छन्। मर्मत गरेर बैठक सञ्चालन गर्नेबाहेक अन्य कुनै विकल्प नरहेको भन्दै उनले बैठक सञ्चालन गर्न अझै करिब एक महिना लाग्ने बताए।  आगजनी र तोडफोड गरिएको प्रदेश सभा भवनसहित अन्य संरचना मर्मत नगरिएकाले प्रदेश सभा बैठक सञ्चालन अनिश्चित बनेको हो ।
पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको बैठक हल पुनर्निर्माणका लागि विभिन्न सङ्घ संस्थाको सहकार्यमा प्रक्रिया अघि बढाइरहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । प्रदेश सभा सचिव देवबहादुर बोगटीले करिब एक करोड चार लाख रुपियाँ लागतमा पुनर्निर्माणको तयारी भइरहेको बताए। युएनडिपी र युएनएफपिएले बैठक हलमा आवश्यक पर्ने माइक, टिभी, क्यामरालगायतका उपकरणका लागि ४३ लाख रुपियाँ सहयोग गर्ने उनले  बताए। 

यस्तै फलसिलिङका लागि सहरी विकासले १० लाख बराबरको लागत स्टिमेट गरेको छ । बाँकी संरचना मर्मत तथा पुनर्निर्माणका लागि सचिवालयले फर्निचरबाहेक ५१ लाख रुपियाँको लागत निकालेको छ । प्रदेश सभाको पछिल्लो बैठक भदौ ५ गते बसेको थियो । २४ भदौको जेनजी आन्दोलनका क्रममा प्रदेश सभा भवनसहितका संरचना जलाइएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक अहिलेसम्म बस्न सकेको छैन ।
प्रदर्शनकारीले प्रदेश सभा भवन, प्रशासनिक भवन, विषयगत समिति, संसदीय दलका कार्यालय र सवारीसाधनमा आगजनी गर्दै ठुलो क्षति पुर्याएको थियो । त्यसपछि अनिश्चितकालका लागि स्थगित गरिएको बैठक कहिले बस्ने भन्ने टुङ्गो अझै छैनअनिश्चितकालका लागि रोकिएको प्रदेश सभा बैठक हल अझै पुनर्निर्माण हुन नसक्दा सरकारले ल्याउनुपर्ने कार्यक्रम, कानुनी प्रक्रिया तथा नियमित कार्यसम्पादन प्रभावित हुने अवस्था देखिएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>