Samriddhipost
२०८२ मङि्सर ०५ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ मङि्सर ०५ गते शुक्रबार

 भ्रष्टाचारमा कर्मचारी अग्र मोर्चामा रहेको सुदूरपश्चिम प्रदेश सरकारको एक कार्यालयले उदाहरणीय बनेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । हिमाली गाउँपालिका-६ स्थित प्रसूति केन्द्र भवन निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंह, शिक्षा विकास तथा समन्वय एकाइका तत्कालीन इन्जिनियर सुनेशकुमार चौरसिया, तत्कालीन सबइन्जिनियर नरेश रावतसहित उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीले मिलेमतोमा भ्रष्टाचार गरेको अख्तियारको दाबी छाउनीहरूले प्रसूति केन्द्रको भवन निर्माण कार्य लागत अनुमानअनुसार नगरी

बढी भुक्तानी गरी रकम हिनामिना गरेको र निर्मित संरचनासमेत भग्नावशेषको अवस्थामा रहेकाले सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी भएको अख्तियारले जनाएको छ।आव ०७५/७६ मा प्रसूति केन्द्र भवन निर्माणका लागि स्वास्थ्य कार्यालय, बाजुराबाट २० लाख र उपभोक्ता समितिबाट ६ लाख १५ हजार २०६ रुपैयाँ व्यहोर्ने गरी कन्टेन्जेन्सीसहित २६ लाख १५ हजार २०६ रुपैयाँमा ०७६ जेठ मसान्तभित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

लागत अनुमानबमोजिम आल्मुनियमको झ्यालढोकाको फ्रेम र सटरसहित हुनुपर्नेमा लोकल काठको चौकोस मात्र जडान गरी लागत अनुमानमा उल्लेखित दररेटमा नै झुटा बिल भर्पाइका आधारमा पूरै भुक्तानी लिएको अख्तियारले जनाएको छ । उनीहरूविरुद्ध जनही १५ लाख आठ हजार ५५७ रुपैयाँ बिगो कायम गरिएको छ । यसरी भ्रष्टाचारमा लिप्त भएपछि जनता कर्मचारीप्रति विश्वस्त छैनन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>