Samriddhipost
२०८२ मङि्सर ०६ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ मङि्सर ०५ गते शुक्रबार

विविध कार्यक्रम साथ डेमोक्रेटिक लयर्स एसोसिएसनको ३६ औँ स्थापना दिवस सम्पन्न

डेमोक्रटिक लयर्स एसोसिएसन डिएलए कञ्चनपुरको १७ औँ वार्षिक साधारण सभा तथा डेमोक्रेटिक लयर्स एसोसिएसन डीएलए को ३६औ स्थापना दिवस विविध कार्यक्रम साथ सम्पन्न भएको छ। 
होटेल स्वागतको सभा कक्षमा सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व डीएलए कञ्चनपुरका अध्यक्ष अधिवक्ता देवराज पन्तले गर्नुभएको थियो। अधिवक्ता महेशराज भट्ट द्वारा सञ्चालित उक्त कार्यक्रममा नेपाल कानुन व्यवसायी परिषद्का पार्षद् अधिवक्ता टेकबहादुर कठायत प्रमुख अतिथि हुनुभएको उक्त कार्यक्रममा पिपीएले नेपालका केन्द्रीय सदस्य अधिवक्ता भोजराज पाठक, नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष दलबहादुर बोहरा, आरपीएले नेपालका प्रदेश सचिव अधिवक्ता कृष्ण दत्त जोशी, डिएलए नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष अधिवक्ता भूपेन्द्र बहादुर बिस्ट, अधिव्यक्ता नरेन्द्र बहादुर सिंह, अधिवक्ता शिवराज पाण्डेय, अधिवक्ता उद्धवराज भट्ट, अधिवक्ता गजेन्द्रबहादुर रावल, अधिवक्ता पदमराज भट्ट, अधिवक्ता लोकराज जोशी, अधिवक्ता रोशनलाल चौधरी अतिथि रहनुभएको उक्त कार्यक्रममा डीएलए नेपाल कञ्चनपुरका उपाध्यक्ष अधिवक्ता अचुत उप्रेतिले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। 

उपस्थित अतिथिहरूको तर्फबाट बोल्नुहुँदै पिपीएले नेपालका केन्द्रीय सदस्य भोजराज पाठकले अहिले देशको अवस्था तरलताको रूपमा रहेको अहिलेको अवस्थामा सबै कानुन व्यवसायीमाथि विधिको शासन रूल अफ ल को पक्षमा एकजुट भई लाग्नुपर्ने दायित्व आइलागेको बताउनुभयो। अधिवक्ता पाठकले आगामी दिनमा डिएलए पिपिएले लगायतका सबै कानुन व्यवसायीका संघ संगठनहरु एकजुट भएर साझा सवालमा लाग्नुपर्ने लोकतन्त्र लोकतन्त्र संस्थागत निमित्त सम्पूर्ण कानुन व्यवसायीहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो। पाठकले अगाडि भन्नुभयो आगामी दिनमा हामी सबै कानुन व्यवसायी एकजुट भएर विधिको शासन स्थापनार्थ संविधानको रक्षार्थ सहकार्य गर्न पिपीएलले तयार छ। त्यसैगरी कार्यक्रमका अर्का अतिथि आरपिएले नेपालका प्रदेश सचिव अधिवक्ता कृष्ण दत्त जोशीले सबै कानुन व्यवसायी मिलेर रुल अफ ल को पक्षमा एकजुट भई वर्तमान तरलताको अवस्थाबाट देशलाई निकास दिनका निमित्त कानुन व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने हुँदा हामी सम्पूर्ण कानुन व्यवसायीहरु एकजुट भई लाग्नुपर्ने बताउनुभयो। कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै आगामी दिनमा कार्यगत रूपमा डिएलए नेपालसँग सहकार्य गर्न आरपीएलए नेपाल तयार रहेको बताउनुभयो। कार्यक्रममा अतिथिको आसनबाट बोल्नु हुँदै अधिवक्ता उद्धवराज भट्टले लोकतन्त्रको संस्थागत का निमित्त डिएलए अग्रपंक्तिमा उभिनुपर्ने र अन्य सहकर्मी सङ्घ संगठनहरू कहाँसँग सातमा मिलेर लोकतन्त्र संस्थागत गर्नका निमित्त लाग्नुपर्ने बताउनुभयो। त्यसैगरी कार्यक्रमका अर्का अतिथि अधिवक्ता भुपेन्द्र बहादुर बिष्टले डिएलए नेपाल इतिहास बोकेको संगठन भएकाले आगामी दिनमा पनि डिएनए नेपाल लोकतन्त्रको पक्षमा अग्रमोर्चामा रहनुपर्ने बताउनुभयो। प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल कानुन व्यवसायी परिसद्का पार्षद् अधिवक्ता टेकबहादुर कठायतले विशिष्ट पहिचान र अभिछिन्न इतिहास बोकेको डिएलए नेपाल पञ्चायतको कालखण्डमा स्थापना भई संवैधानिक सर्वोच्चता र विधिको शासनका पक्षमा दिगो रूपमा उभिन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा डीएलए नेपालले विभिन्न व्यक्तिहरूलाई सम्मानित समेत गरेको छ। सम्मानित हुनुहुनेमा डीएलए नेपाल आबद्ध भई नेपाल कानुन व्यवसायी परिषद्का पार्षद बन्नुभएका अधिवक्ता टेकबहादुर कठायत डिएलए नेपालका पूर्व पदाधिकारीहरू अधिवक्ता भूपेन्द्रबहादुर बिष्ट अधिवक्ता नरेन्द्रबहादुर सिंह अधिवक्ता उद्धवराज भट्ट अधिवक्ता पदमराज भट्ट अधिवक्ता शिवराज पाण्डेय अधिवक्ता गजेन्द्र बहादुर रावल सम्मानित हुनुभयो। 

कार्यक्रममा नवप्रवेशी अधिवक्ता ज्यूहरूको सदस्यता प्रदान गर्ने कार्य र डीएले कञ्चनपुरको वार्षिक प्रतिवेदन तथा आयव्यय प्रतिवेदन समेत पारित गरेको अधिवक्ता कृष्णदत्त जोशीले बताउनुभएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>