कञ्चनपुरको लालझाडी गाउँपालिका–१ नौरंगामा खोरेत रोग नियन्त्रणका लागि पूर्ण खोप अभियानको औपचारिक सुरुवात विशेष कार्यक्रमका बीच गरिएको छ। सुदूरपश्चिम प्रदेशभर एकसाथ मंसिर ५ गतेदेखि सञ्चालनमा ल्याइएको यो अभियानको उद्घाटन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विर बहादुर थापाले खोपकर्तालाई भ्याक्सिन र ब्याग हस्तान्तरण गर्नुभयको छ । मन्त्री थापाले पशु स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सरकारले प्रदेशभर खोप पहुँच सहज बनाउने लक्ष्य लिएको बताउनुभयो।
कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख श्याम सिंह खड्का, का अनुशार सुदूरपश्चिमका नौवटा जिल्लामा लागिरहेको खोप कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका वडा नं १ नौरंगाबाट सुरु गरी कञ्चनपुर जिल्लाका ९वटै स्थानीय तहमा लागिरहेको बताउनुभएको छ। पशु चौपायमा लाग्ने महामारी खोरेत विरुद्धको खोप किसानहरूको घर दैलो र टोलटोलमा गएर सम्पुर्ण पशुमा कार्यलय प्रमुख खड्का ले बताउनु भयको छ। गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्यारे लाल राना, स्थानीय किसानले खोरेतका कारण बारम्बार पशुमा देखिने समस्या कम गर्न यो अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे।उक्त कार्यक्रम मा अन्य जनप्रतिनिधि स्थानीय र पशुसेवा कार्यलय का प्राबिधिक को उपस्थिति रहेको थियो
उद्घाटनका क्रममा करिब २५ वटा पशुलाई पहिलो चरणमा खोप लगाइएको थियो। आजदेखि कञ्चनपुरका सबै गाउँपालिका र नगरपालिकामा यो खोप अभियान क्रमिक रूपमा सञ्चालन हुन थालेको छ। अधिकारीका अनुसार निर्धारित अवधिभित्र जिल्लाका सबै जोखिम समूहका पशुमा खोप पुर्याउने लक्ष्य छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया