नेपाली कम्युनिष्ट पार्टीको मंसिर १२ गते (शुक्रबार) धनगढीमा पार्टी एकता सन्देश सभा हुँदैछ । सुदूरपश्चिम प्रदेशस्तरीय एकता सन्देश सभाको सम्पूर्ण तयारी पूरा भएको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ ।
सन्देश सभाको तयारीका बारेमा जानकारी दिन बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले जुलुस र सभाको सम्पूर्ण तयारी पूरा भएको बताए ।
उनले शुक्रबार बिहान धनगढीको क्याम्पस रोड चोक तथा चौराहबाट बिहान ११ : ३० बजे भेला भई त्यहाँबाट जुलुससहित पार्क मोडमा एकत्रित भइ रंगशालाको दक्षिण–पश्चिमको चौरमा १२ः३० बजे सन्देश सभा हुने बताए ।
उनले गाउँ,शहर सबै ठाउँमा पार्टीका नेता,कार्यकर्ता,जनवर्गीय संगठनका नेता कार्यकर्ताले सन्देश सभाको बारेमा सन्देश पु¥याइसकेको बताउँदै सभाका ठूलो संख्यामा जनताको उपस्थिति हुने बताए ।
डा. रावलले जुलुस तथा सन्देश सभा अत्यन्तै शान्तपूर्वक हुने बताउँदै जुलुस तथा आम सभामा पार्टीका सम्पूर्ण नेता,कार्यकर्ता,जनता सबैले ढुक्कका साथ सहभागी हुन आव्हान गरे । सभाको शान्ति सुरक्षाका लागि स्थानीय प्रशासनसँग गहन छलफल भएको उनले बताए ।
उनले भने ‘आर्थिक र विकासका दृष्टिकोणले पछौटेपनको सिकार भइरहेको सुदूरपश्चिमका सम्पूर्ण जनतालाई विकास, समृद्धि, रोजगारीका लागि विगतका गल्ती कमजोरीबाट पाठ सिकेर अगाडिको बाटोमा डो¥याउने हाम्रो संकल्पलाई धनगढीका सडक,चौरमा प्रतिध्वनित गर्नेछौँ ।’
सन्देश सभाको तयारीका लागि नेपाली कम्यनिष्ट पार्टीले मूल व्यवस्थापन समिति र विभिन्न १३ वटा उपसमिति गठन गरेर तयारी थालेको थियो ।
सन्देश सभालाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,सह संयोजक एवं पूर्वप्रधानमन्त्री माधव नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया