Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ मङि्सर १४ गते आइतबार

कैलालीमा एमाले  महाधिवेशन प्रतिनिधि छनोटमा भट्ट पक्षका पोलिटब्युरो सदस्य राना  प्यानलै स्वीप

सुदूरपश्चिममा सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलालीबाट नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि २६ जना प्रतिनिधि चयन भएका छन् । प्रतिनिधि सभामा पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीबाट १४ पुरुष र १२ महिला गरी २६ जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । जसमध्ये कैलालीको क्षेत्र नं १, ४ र ५ मा निर्वाचनबाट र क्षेत्र नं २, ३ र दलित क्षेत्रका निर्विरोध रुपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।   
शनिबार कैलाली क्षेत्र नं. १ मा प्रतिनिधि छनोटका लागि भएको निर्वाचन निर्वाचनबाट खुल्लातर्फ द्वारिकाप्रसाद न्यौपाने, ध्रुवराज खत्री, महिला प्रतिनिधिमा कमला शाही चौधरी, युवा प्रतिनिधिमा लक्ष्मी आचार्य विजयी भएका छन्। 
कैलाली क्षेत्र नं. २ मा सर्वसम्मत रुपमा प्रतिनिधि छनोट भएका छन् । २ मा कर्णबहादुर कुँवर, डेजी पाण्डे, नरबहादुर खड्का, महिलामा ममता रावल र लक्ष्मी शाही, युवामा पवित्राकुमारी माझी छनोट भएका छन्। क्षेत्र नं ३ मा चुल्लुराम चौधरी, करुणा बम, महिला इच्छा चौधरी, युवा प्रतिनिधिमा राजबहादुर बुढा छनोट भएका छन्।

क्षेत्र नं ४ मा भएको निर्वाचनमा चक्रबहादुर बोहरा, नरबहादुर तामाङ, भीमबहादुर देउवा, महिलातर्फ रत्ना कुँवर जोशी, शान्तिदेवी सिंह र युवा प्रतिनिधिमा सुद्धिराम चौधरी निर्वाचित भएका छन्। क्षेत्र नम्बर ५ मा प्रतिनिधि छनोटका लागि भएको निर्वाचनमा धर्मराज पाठक, नेपालु चौधरी, विष्णुकुमार चन्द, यज्ञराज ढुङ्गाना महिलातर्फ अम्बिका विष्ट मल्ल, रुक्मिणी देवकोटा र युवा प्रतिनिधि तिर्थराज भट्टराई निर्वाचित भएका छन। 
यस्तै, जिल्ला भित्रको दलित क्षेत्रबाट भानसिंह विक, प्रेम भूल र सावित्रा घिमिरे महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ । नेकपा एमालेका कैलालीमा १३ हजार ३६० जना सङ्गठित सदस्य रहेका जिल्ला सचिव ममताप्रसाद चौधरीले जानकारी दिएका छन्। 
क्षेत्र नम्बर ५ मा सहमति नहुँदा निर्वाचनमार्फत प्रतिनिधि छनोट गरिएको छ । जहाँ जिल्ला अध्यक्ष यज्ञराज ढुंगाना र पोलिटव्यूरो सदस्यसमेत रहेका जिल्ला इञ्चार्ज नारदमुनि राना प्यानलसहित चुनावी मैदानमा थिए। ढुंगानालाई पूर्वमन्त्री दामोदर भण्डारीको साथ थियो भने रानालाई सुदूरपश्चिम इञ्चार्जसमेत रहेका केन्द्रीय सचिव लेखराज भट्ट र नेता कर्णबहादुर थापाको साथ थियो। केन्द्रमा सबै अध्यक्ष केपी शर्मा ओली पक्षधर हुन् । 
निर्वाचनमा भट्ट र थापाबाट साथ पाएको नारदमुनिको टिम भने स्वीप भएको छ । ढुंगाना टिमले बाजी मारेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>