Samriddhipost
२०८२ मङि्सर १६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ मङि्सर १६ गते मङ्गलबार

नेपाली कम्युनिस्ट पार्टीकाे उपत्यका विशेष प्रदेशकाे एकता सन्देश सभा पेरिसडाँडामा हुने भएको  छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १२ पार्टीको एकता भएपश्चात उपत्यका विशेष प्रदेशकाे एकता सन्देश सभा मंसिर १७ गते आयाेजना गर्न लागिएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष जगत सिंखडाले जानकारी दिए । उनलेे सन्देश सभा पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडामै आयाेजना गर्ने बताए ।

हालै बसेकाे पदाधिकारीसहितकाे बैठकले साे कार्यक्रम भव्य र सभ्य बनाउन विभिन्न निर्णय गरेकाे प्रदेश सचिव कमल सापकाेटाले बताए ।

पार्टीको एकताकाे भाव सम्प्रेषण गर्न र एकतामा आएका विभिन्न घटकहरूबीच परिचय तथा अन्तरक्रिया गर्न सन्देश सभा महत्त्वपूर्ण हुने भएकाले साे कार्यक्रममा उपत्यकामा रहेका विभिन्न नवस, माेर्चा र प्रदेश अन्तरगतका महाशाखाहरूबाट उल्लेख्य उपस्थिति रहने उपाध्यक्ष इन्द्र भुषालले बताए ।

कार्यक्रममा पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयाेजक माधव नेपालसहितका अन्य वरिष्ठ नेताहरू सहभागी हुने र कार्यक्रम भव्य र सभ्य बनाउन विशेष तयारी गरिएकाे प्रदेश इन्चार्ज जयपुरी घर्तीले बताइन् । उनलेे अन्य प्रदेशकाे भन्दा फरक र विशिष्ट विशेषता बाेकेेकाे प्रदेश भएकाले याे कार्यक्रमले विशिष्ट सन्देश दिने बताइन् ।

सभामा मजदुर, विद्यार्थी, उद्योग व्यवसायी, कर्मचारी, युवा, पत्रकारलगायतकाे उल्लेख्य उपस्थिति हुने केन्द्रीय सदस्य रमेश मल्ल बताउँछन् । उनलेे उपत्यकामा अध्ययन तथा अन्य पेशा व्यवसाय गरेर रहेका पार्टी नेता कार्यकर्ताहरू एकतापछि उत्साहित र थप क्रियाशील बनेकाे बताए ।

कार्यक्रममा जनसाँस्कृतिक महासंघको तर्फबाट गित, नृत्य  तथा सांगीतिक प्रस्तुतिसमेत रहने महासंघ नेतृ विमला केसीले बताइन् ।

नेपाली कम्युनिस्ट पार्टीले सुदुरपश्चिमकाे धनगढीबाट सन्देश सभाको पहिलो कार्यक्रम शुरू गरेको थियाे ।  धनगढीमापछि दोस्रो दाङमा सम्पन्न भइसकेको छ भने १४ गते गण्डकीकाे पाेखरामा, १५ गते काेशीकाे बिराटनगरमा एकता सभा सम्पन्न गरेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>