Samriddhipost
२०८२ मङि्सर १८ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ मङि्सर १७ गते बुधबार

भीमदत्तमा छाडा पशु चौपायाको उपचार हुँदै

भीमदत्तमा छाडा पशु चौपायाको उपचार हुँदै । भीमदत्त नगरपालिकाको पशुपंक्षी विकास शाखा का डाक्टर सहितको प्राविधिक टोलीले नगरपालिकाको गड्डाचौकी महेन्द्रनगर बजार क्षेत्र लगायतमा घाइतेहरूलाई उपचार गरेको छ । मङ्गलबारबाट सुरु गरेको उपचारमा बुधबारसम्म दुई दर्जन बढीको उपचार गरेको शाखाले जानकारी दिएको छ।

प्राविधिक सुरज कार्कीका अनुसार घाइते अवस्थामा भेटिएका जनावरहरूलाई उपचार गर्ने, आफूले नदेखेका ठाउँमा स्थानीयहरूले अथवा देख्नेहरूले खबर गरिदिएमा उपचारका लागि खटिने बताएका छन्।

अहिले यो बाहेक पिपीआर खोपहरू चलिरहेको र पिपिआर खोप कार्यक्रम सम्पन्न भए लगत्तै खोरेत लगायतका खोपहरू लगाउने कार्यक्रम रहेको बताएका छन्।

छाडा पशु चौपायामा सर्ने रोग लागेपछि घरमा रहेका जनावरहरूलाई समेत रोग सर्ने भएको हुँदा सुरक्षा अपनाउन पनि उपचार र खोपहरू आवश्यक रहेको कार्कीले बताएका छन् । 

छाडा पशु चौपायाले गर्दा राजमार्ग लगायतका विभिन्न सडकमा दुर्घटना भई घाइते हुने अङ्गभङ्ग हुने र ज्यानै जाने समेतका समस्या भइरहेका छन् । यसले पशु चौपाया र मानिस दुवैलाई समस्या निम्ताइरहेको छ। 

छाडा पशु चौपाया हटाउन विभिन्न प्रयास गरिए पनि अहिलेसम्म यो नियन्त्रण हुन सकेको छैन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>