Samriddhipost
२०८२ मङि्सर १८ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ मङि्सर १७ गते बुधबार

मङ्सिर २० बाट महाकाली सिँचाइको नहरमा पानी सुचारु हुने

महाकाली सिँचाइको नरमा मङ्सिर २० गतेदेखि पानी सञ्चालन हुने भएको छ। महाकाली नदीको शारदा बैराजबाट नेपाल र भारततर्फ सिँचाइका लागि नहर गएका छन् । बैराज क्षेत्रमा भारतीय नियन्त्रण रहेको छ। बैराज क्षेत्रमा भारतले मर्मत गर्न थालेपछि नहरमा पानी बन्द गरिएको हो।
शारदा बैराजले नेपालस्थित महाकाली सिँचाइ व्यवस्थापन कार्यालयलाई पत्राचार गर्दै मङ्सिर १५ गतेसम्म मर्मत गर्ने प्रयोजनका लागि नहरमा पानी बन्द गरिएको जानकारी गराएको भएपनि समयमै मर्मत गर्न नसकेको भन्दै थप पाँच दिन मर्मतका लागि समय लाग्ने भन्दै पत्राचार गरेको थियो । 
उक्त पत्राचार अनुसार मङ्सिर २० गते मर्मत सम्पन्न भएपछि मात्रै नहरमा पानी सुचारु हुने भएको छ। नरको मूलमै मर्मत हुन थालेपछि नेपालतर्फ पनि महाकाली सिँचाइ व्यवस्थापन कार्यालय मर्मत सुरु गरेको छ। मूलबाट पानी सुचारु भएसँगै नियमित रूपमा खेतहरूसम्म पानी पुग्ने सिँचाइ व्यवस्थापन कार्यालयले बताएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिका क्षेत्रमा महाकाली सिँचाइको नहरबाट सिँचाइ सुविधा पुगिरहेको छ।
किसानहरूले खेतमा गहुँ, उखु लगायतका बालीहरू लगाएका कारण सिँचाइको आवश्यकता परेको किसानहरूले बताएका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>