Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ मङि्सर १८ गते बिहिबार

लालझाडीमा रास्वपाको प्रथम अधिवेशन सम्पन्न सभापतिमा राना चयन

राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) लालझाडी गाउँपालिकाको सभापतिमा थारु अगुवा खुसीराम राना चयन भएका छन् । बुधबार सम्पन्न रास्वपा लालझाडीको प्रथम पालिका अधिवेशनले रानालाई सर्वसम्मत रूपमा सभापतिमा चयन गरेको हो । रास्वपा कञ्चनपुरका कोषाध्यक्ष तथा जिल्ला युवा नेता नवीन चन्दका अनुसार अधिवेशनले सहमतिको आधारमा नयाँ पालिका समिति विस्तार गरेको छ । उनका अनुसार उपसभापतिमा हरिश गिरी, सचिवमा धनराज भट्ट तथा सदस्यतर्फ पानसिंह धामी, नरबहसिंह राना, दलबहादुर झुकाल, शिवदास राना र रामवती राना चयन भएका छन् । यस्तै जिल्ला प्रतिनिधिमा लक्ष्मण राना र प्रदेश प्रतिनिधिमा रतनलाल भारती चयन भएका छन् ।

रास्वपाको विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागका केन्द्रीय सचिव ज्ञानेन्द्र महताको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा जनकसिंह धामी, नवीन चन्दलगायतका नेता कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो । पालिका समितिको सभापति बनेपछि खुसीराम रानाले लालझाडी क्षेत्रमा भइरहेको बेथिति र भ्रष्टाचारका विरुद्ध आवाज उठाउने तथा जनताको हक अधिकारका लागि सशक्त पैरवी गर्ने उद्घोष गरेका छन् । कार्यक्रमको सञ्चालन रास्वपा बेलौरी नगर सभापति विष्णु शर्मा न्यौपानेले गरेका थिए ।
 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>