नेपाली कम्युनिष्ट पार्टीले कञ्चनपुर जिल्ला स्तरीय सन्देश सभा शुक्लाफाँटा नगरपालिकाको झलारीमा गर्ने भएको छ। विभिन्न १६ वटा पार्टीहरूबीच एकीकरणपछि नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलको प्रमुख आतिथ्यतामा एकता सभा गर्ने भएको हो।
आइतबार शुक्लाफाँटा नगरपालिकाको झलारीमा
अरुण भट्ट
नेपाली कम्युनिस्ट पार्टी कञ्चनपुरको तयारी बैठक सम्पन्न भएको छ। बैठक जिल्ला संयोजक खेमराज पाण्डेको अध्यक्षतामा भएको थियो । बैठक तथा एकता सन्देश सभाका लागि गरिएको छलफल कार्यक्रममा पार्टीका जिल्ला स्थित केन्द्रीय सदस्य प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटीका विभिन्न एकतामा आएका घटकहरूका पदाधिकारी तथा नेताहरूको सहभागिता रहेको थियो ।
शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा रहेको खुला मञ्चमा पौष ७ गते १० हजार बढी पार्टीका नेता कार्यकर्ता तथा शुभचिन्तकहरूको सहभागितामा पार्टी एकता सन्देश सभा गर्ने आइतबार सम्पन्न बैठकबाट पारित गरेको छ।
पार्टी एकता सन्देश सभा सम्पन्न गर्न बैठकले १ हजार १ सय ११ सदस्य मूल आयोजक तयारी समिति गठन गरेको छ । सन्देश सभाको भव्य तयारीका लागि आठवटा उपसमितिहरू गठन गर्ने बैठकले निर्णय गरेको छ। उपसमितिहरूमा मञ्च व्यवस्थापन, स्वयंसेवक व्यवस्थापन, प्रचारप्रसार जनपरिचालन, लगायतका विभिन्न समितिहरु बनाइने भएको छ ।
छलफल कार्यक्रमले आगामी २५ गतेभित्र वडा तथा नगरस्तरीय सन्देश सभाको तयारी बैठक सम्पन्न गर्ने मिति तय गरेको छ । बैठकमा साविकको नेकपा माओवादी केन्द्रका नेता देवीलाल चौधरी, खेम पाण्डेय, एकीकृत समाजवादीका नेता लालबहादुर खड्का, प्रकाश रावल लगायतले तयारी सभाका बारेमा जानकारी गराउनु भएको थियो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया