Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ मङि्सर २४ गते बुधबार

जेन्जी आन्दोलनमा नेता रावलको घर जलाउने विरुद्ध किटानी जाहेरी

गत २४ भदौँमा जेनजी आन्दोलनका क्रममा तत्कालिन सत्ताधारी नेकपा एमाले नेता एव सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलको घर जलाउने ८ जना बिरुद्ध किटानी जाहेरी परेको छ । एमाले पोलिट्ब्यूरो सदस्य समेत रहेका एमाले सुप संसदीय दलका नेता रावलको घर जलाउने, तोडफोड एव लुटपाट गर्ने ८ जना बिरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा किटानी परेको हो । जेनजी आन्दोलनका क्रममा निजी निवासमा विध्वङस मच्चाउने बिरुद्धमा २४ मंसिर तीन महिनापछि किटानी दिईएको छ ।
भीमदत्त नगरपालिका ६ ऐठपुर स्थित रावलको घरमा तोडफोड, लुटपाट एव आगजनीमा संलग्न ८ जनाको पहिचानका आधारमा प्रहरीमा किटानी दिएको पुर्वमुख्यमन्त्री रावलका छोरा नितेश रावलले बताए । आगजनीमा संलग्नहरुको पहिचान हुन ढिलाई भएकाले तीन महिनापछि मात्रै किटानी दिएको रावलले बताए । ‘हाम्रो घरमा आएर तोडफोड, लुटपाट एव आगजनीमा संलग्न भएको भिडियो, फोटोका आधारमा १५÷२० नाम संकलन गरेर मुख्य नाईके घरभित्र छिरेर आगजनी, तोडफोड लुटपाट गर्नेको नाममा किटानी दिएका छौँ, ‘उनले भने, ‘हामी कानुन तह अघि बढेका छौँ, अझैपनि फोटो, भिडियो चिनेका छैनौँ, थप दिन्छौँ ।’ रावले मेरो बाबुले एक रुपैया घुस खाएको प्रमाणित गर्न चुनौती समेत दिएका छन ।
‘हामीले नेपाल बैंकदेखि आफन्तबाट ऋण लिएर ०७४ मा घर बनाएका हौँ, बाबु ०७९मा संसद हुँदै मुख्यमन्त्री भए, यति छोटो अवधिमा भ्रष्टाचार गर्ने कुरै भएन, मेरो वाबुले कहिल्यै भ्रष्टाचार गरेको छैन, ‘राजनीति नगरौँला, यस्ता अपराधीलाई छाड्दैनौँ, ‘उनले भने, ‘ राजनैतिक पूर्वाग्राही ढङगबाट आफ्नो घर जलायो दोषिमाथि कानुनी कार्बाही गराएरै छाड्छौँ ।’ यस अघि जिल्ला सरकारी वकिल कार्यालय सहित १० सरकारी कार्यालयको उजुरी प्रहरीमा आएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले नितेश रावलले दिएको जोहरी अध्ययन भईरहेको बताए । ‘हामीले जेनजी आन्दोलनमा हिन्सात्मक गतिबिधी फैलाउनेदेखि संलग्नहरुको खोजी गर्दै छानबिन निरन्तर अघि बढाएका छौँ, ‘प्रवक्ता बोहराले भने, ‘दोषि प्रमाणित भए कानुनी कार्बाही हुन्छ ।’

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>