जेन्जी आन्दोलनका अगुवा यादव सिंह र सामाजिक अभियन्ता हेमराज थापा कञ्चनपुर आएका छन्।
अगुवा सिंह र थापा कञ्चनपुरमा आएर विभिन्न दल सम्बद्ध नेताहरू युवा स्वतन्त्र व्यक्ति र जिन्जीहरूलाई भेटघाट गरेका छन्। बेतकोट नगरपालिका शुक्लफाटा भीमदत्त र दोधारा चाँदनीमा अन्तरक्रिया गरेका जेन्जी अगुवा थापाले कैलाली र कञ्चनपुरका प्रत्येक पालिकामा गएर जेन्जी लगायतलाई भेटघाट र छलफल अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताएका छन्।
सिंहका अनुसार जेन्जी आन्दोलन भएपछि अहिले भइराखेको कुराहरु सञ्चार गर्न, आन्दोलनमा सहभागी भएको विषयमा जेन्जी पक्राउ पर्ने लगायतका समस्या देखिन सक्ने भएकोले यो समस्याहरू समाधान गर्न समेत यहाँ आएको बताए ।
योसँगै जेन्जीहरूलाई वैकल्पिक शक्तिहरू एक हुनुपर्ने कुराहरू समेत अन्तरक्रिया र छलफलमा राखिएको र सहभागी मानिसहरूबाट फिडब्याक समेत लिएको जेन्जी अगुवा सिंहले बताएका छन्।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया