Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ मङि्सर २६ गते शुक्रबार

रमेश लेखकको उम्मेदवारी दर्ता सिफारिस गराउन भीमदत्तकि उपप्रमुख पुगिन् कांग्रेस पार्टी कार्यालय

पूर्व गृहमन्त्री रमेश लेखकको उम्मेदवारी सिफारिशका लागि दर्ता गराउन भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी काँग्रेस पार्टी कार्यालय पुगेकी छन् ।
उप मेयर जोशीले लेखकको वारेशनामा लिएर उम्मेदवारी सिफारिशका लागि पार्टी कार्यालय पुगेकी छन् । उप मेयर जोशीले पार्टी कार्यालयबाट लेखकको उम्मेदवारीका लागि फाराम लिएकी छन् । ‘पूर्व गृहमन्त्रीज्यूको उम्मेदवारी सिफारिश दर्ताका लागि आएकी छु’ उप मेयर जोशीले भनिन् ।
काँग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका आकाँक्षी उम्मेदवार सिफारिशका लागि पार्टी कार्यालय कञ्चनपुर क्षेत्र नं. ३ का आकाँक्षी उम्मेदवारको नामावली सिफारिशका लागि निवेदन संकलन गर्न थालिएको छ ।
सरकारले स्थानहद गरेका कारण काँग्रेस केन्द्रीय सदस्य एबम् पूर्व गृहमन्त्री लेखक आफैं आउन नसक्ने भएपछि वारेशनामा मार्फत उम्मेदवारी सिफारिश गराउन लागेका हुन् ।
लेखक यस अघि कञ्चनपुर ३ बाट तीन पटक निर्वाचित भइ सकेका छन् । २०७९ को आम निर्वाचनमा उनी फराकिलो मत अन्तरले संसद निर्वाचित भएका थिए ।
२०५६ मा पहिलो पटक कञ्चनपुर ३ बाट निर्वाचित भएका हुन् । त्यसपछि लेखक अन्तरिम विधायक, २०६४ मा समानुपापतिक संविधान सदस्य, २०७० मा संविधान सभा सदस्य र २०७९ मा संसदमा निर्वाचित भएका हुन् ।
२०७५४ मा उनी एमाले साँसद डा. दिपक प्रकाश भट्टसित पराजित भएका थिए । लेखक र भट्ट दाई हुन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला लेखक गृहमन्त्री थिए । जेन जी आन्दोलनपछि फागुन २१ गते हुने निर्वाचनमा लेखक फेरि प्रतिनिधि सभा प्रत्यक्षमा चुनाव लड्न लागेका हुन् ।
काँग्रेस पार्टी कार्यालयमा दिउँसो २ बजेसम्म निवेदन संकलन गरी सिफारिश हुने उम्मेदवारको टुङ्गो लगाइने काँग्रेस कञ्चनपुर क्षेत्र नं. ३ का क्षेत्रीय सभापति केशब चन्दले बताए ।
क्षेत्र नं. २ र १ का आकाँक्षी उम्मेदवारको प्रदेश समितिलाई आज सिफारिश गरिने नेताहरुले बताएका छन् । क्षेत्र नं. २ मा दिउँसो ४ बजे आकाँक्षी टुङ्गो लगाइने भएको छ ।
कञ्चनपुरमा काँग्रेसका साढे १० हजार क्रियाशिल सदस्य छन् । कञ्चनपुर क्षेत्र नं. ३ बाट बिहीबार प्रेम बहादुर विष्टले प्रतिनिधि सभा प्रत्यक्षका लागि निवेदन दर्ता गराई सकेका छन् ।
विष्ट २०७९ को निर्वाचनमा पनि प्रतिनिधि सभा सदस्य उम्मेदवारका आकाँक्षी थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>