खडक बहादुर काेली -
मुक्त कमलरी विकास मञ्च शाखा कञ्चनपुरको १५औ साधारण सभा, वार्षिक समाजिक लेखाजोखा तथा छैठौं अधिवेशन सम्पन्न भएकाे छ। उक्त साधारण सभाबाट सीता डंगौराको अध्यक्षतामा ७ सदस्यिय कार्यसमिति सर्वसम्मतबाट चयन भएको केन्द्रीय सदस्य शान्ति चौधरीले बताइन। उक्त कार्यसमितिमा अध्यक्षमा सीता डगौरा, उपाध्यक्ष सुनिता राना,सचिव सुस्मिता चौधरी, कोषाध्यक्ष राजकुमारी चौधरी र सदस्यहरुमा ज्योति राना, अनिता डगौरा र निरु चौधरी चयन भएकी छन।
कार्यक्रमका प्रमुख अतिथि रहेका भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले नगरपालिकाबाट र व्यक्तिगत रूपमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। उनले मञ्चको लागि कार्यालय वा अफिसकाे ब्यवस्था, सीमूलक कार्यक्रम, होस्टिललमा पढाई गरिरहेकि मुक्त कमलरीकी चार छात्राहरूको लागि पढाईमा सहयाेग गर्ने प्रतिबद्धता गरेको नगर प्रमुख पदम बोगटीले बताएको मुक्त कमलरी मञ्च कञ्चनपुर शाखाकी जिल्ला अध्यक्ष सीता डगौराले जानकारि दिएकि छिन।
गाँस, बास ,कपास र रोजगारीको लागि ज्ञापनपत्र बुझाउन काठमाडौँ गएका बेला आर्थिक सहयोग स्वरूप रु.२४ हजार टिकटका लागि ठूलो सहयोग गरिएकोले नगरप्रमुख मेयर साबलाइ सम्मान गरेकाे डगौराले बताएकी छिन। भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले स्वर्गीय आमा पार्वती बोगटी र स्वर्गीय बुबा भवान सिंह बोगटीको सम्झनामा मुक्त कमलरी विकास मञ्च शाखा कञ्चनपुरलाई आफ्नो व्यक्तिगत तर्फबाट आर्थिक सहयोग स्वरूप रु २५ हजार दिने घोषणा समेत गरेका छन्।
उक्त आर्थिक सहयोगबाट मुक्त कमलरी विकास मञ्चले पानी, बिजुलीको बिल र अति आवश्यक समस्या परेकाे बेला समस्या समाधानका लागि सहयोग पुगोस् भनेर सहयोग गरेको प्रमुख पदम बोगटीले बताएका छन। ज्योति ट्युसन सेन्टरमा सञ्चालन भएको कार्यक्रमकाे सञ्चालन मुक्त कमलरीकी मानमती चौधरीले गरेकी थिइन् भने कार्यक्रममा विभिन्न पालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रमको प्रतिवेदन समेत सार्वजनिक गरिएको थियो। प्रतिवेदनमा नगरपालिका र गाउँपालिकाले गरेको आर्थिक सहयोगबाट निःशुल्क लोकसेवाका कक्षा सञ्चालन, माघी मिलन कार्यक्रम, ज्ञापन पत्र बुझाउने यातायात खर्च, फैन्सी कपडाका झोलाहरू बनाउने तालिम, चप्पल बनाउने तालिम ,सीप मुलुक तथा जनचेतनामूलक कार्यक्रम गर्दै आएको कञ्चनपुरका नगरपालिका र गाउँपालिकाबाट आर्थिक सहयोग ६ लाख १३ हजार ११५ रुपैया थियाे जम्मा खर्च ७ लाख १९ हजार ८ सय ९२ सचिव सुनिता रानाले प्रतिवेदन सार्वजनिक गरेकी थिइन् बाँकी खर्च संस्थाले बेहोरेको संस्थाकी अध्यक्ष सीता डगौराले बताइन।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया