शुक्लाफाँटा नगरपालिका–८ स्थित नौखरी कृषि सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा तथा अधिवेशन आज एक समारोहबीच सम्पन्न भएको छ। सहकारीका अध्यक्ष राजकुमारी चौधरीको सभापतित्वमा सम्पन्न साधारणसभाको सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशीले उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै उहाँले तीन खम्बे अर्थनीतिअन्तर्गत सहकारीलाई विशेष महत्व दिइएको उल्लेख गर्दै देशको अर्थतन्त्र निर्माणमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। प्रदेशसभा सदस्य जोशीले सहकारीमा आबद्ध सदस्यहरूले बचत गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिनुहुँदै सहकारी केवल ऋण निकाल्ने माध्यम मात्रै नभएको स्पष्ट पार्नुभयो।
सहकारीमा मुक्त कमैयाँ परिवारका सदस्यहरू आबद्ध रहेकाले बचत गरिएको रकमलाई आयआर्जनका कार्यक्रममार्फत परिचालन गर्नुपर्ने उहाँको भनाइ थियो। मुक्त कमैयाँ परिवारलाई पुनःस्थापनाका क्रममा उपलब्ध गराइएको जग्गा अपर्याप्त रहेको उल्लेख गर्दै उहाँले कम्तीमा जीवन निर्वाह र व्यावसायिक खेतीका लागि सरकारले १५ कठ्ठा जग्गा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो। साथै जग्गा धितो राख्न नदिने व्यवस्था तत्काल खारेज गरी मुक्त कमैयाँ परिवारलाई जग्गा बैंकमार्फत धितो राखेर व्यवसाय सञ्चालन गर्न खुला गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। समाजसेवी तथा नेपाल कम्युनिष्ट पार्टीका युवा नेता नवराज ऐरले मुक्त कमैयाँ परिवारका महिलाहरूले दूध, दाउरा र तरकारी बिक्रीबाट आएको आम्दानीको केही हिस्सा बचत गर्न सहकारी स्थापना गरेको कार्य सराहनीय रहेको बताउनुभयो। सहकारीको उद्देश्यअनुसार कार्यक्रम सञ्चालन गरी सदस्यहरूको आयस्तर वृद्धि गर्न आयआर्जनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया