Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष ०१ गते मङ्गलबार

एमाले पदाधिकारीमा क -कसले दियो उम्मेदवारी, १२ बजेबाट मतदान हुने ।

एमाले अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । निवर्तमान अध्यक्ष ओलीले सोमबार दिउँसो अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

नवौं र दशौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित ओलीले ११औं महाधिवेशनमा पनि पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् । त्यसैगरी, यसअघि पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । पोखरेलले सोमबार दिउँसो ३ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।

११औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज मध्याह्न १२ बजेदेखि साँझा ६ बजेसम्म मतदान हुने कार्यतालिका छ ।

महासचिवमा पोखरेल र पाण्डे भिड्‌दै

महासचिवमा ओली समूहबाट ओलीका विश्वासपात्र शंकर पोखरेल र ईश्वरको समूहबाट सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । शंकर निवर्तमान महासचिव हुन् भने पाण्डे निवर्तमान उपाध्यक्ष ।

पाण्डेले ओलीइतर प्यानल बनाउन निकै संघर्षसमेत गरेका थिए । जसकारण उनलाई महासचिव पदमा सर्वसम्मत उभ्याउन ईश्वर प्यानल सफल भएको हो । इतरपक्षले अध्यक्षमा नभए पनि महासचिव आफ्‌नो पक्षमा जिताउनेगरी माहोल तयार पारेको नेताहरू बताउँछन् ।

ओलीपक्षकै नेताहरू विष्णु पौडेल, शेरधन राई, रघुवीर महासेठ, पृथ्वीसुब्बा गुरुङजस्ता नेताहरू शंकर पोखरेलसँग रुष्ट सुनिएकाले सुरेन्द्रले महासचिवमा बाजी मार्ने बताइन्छ ।

यद्यपि, ओलीले विभिन्न पद बाँडेरै भए पनि शंकरलाई नै महासचिवमा ल्याउने अर्काथरी नेताहरू बताउँछन् ।
कुन पदमा क-कसको उम्मेदवारी ?

अध्यक्षः
ईश्वर पोखरेल र केपी शर्मा ओली

उपाध्यक्षः
अरूण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट, टंकप्रसाद कार्की, पर्शुराम मेघी गुरूङ, रघुजी पन्त, रामबहादुर थापा, डा. विन्दा पाण्डे र विष्णुप्रसाद पौडेल

महासचिवः
शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे

उपमहासचिवः
आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णुप्रसाद रिमाल र वैजनाथ चौधरी

सचिवः
अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुरप्रसाद गैरे, पद्याकुमारी अर्याल, पुरूषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कंडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोदप्रसाद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>