जेन-जी विद्रोहको माग थियो एमाले नेतृत्वबाट ओलीको बिदाइ तर ओलीले त्यो हुन दिएनन्, बरू आफूलाई जोगाउन र ओलीतन्त्रको रक्षामा ढाल बनेर उभिएका महेश बस्नेतलाई पनि सचिवमा सानदार जित दिलाए
अध्यक्षमा ह्याट्रिक गरेसँगै बढ्यो ओलीको दम्भ, सरकारविरूद्ध आक्रामक अभिव्यक्ति
जाँचबुझ आयोगमा बयान नदिने, एमाले नेतृत्वमाथि छोएको दिन देश ठप्प पार्ने चेतावनी, सरकार र जेन-जीबीचको सम्झौता पनि अस्वीकार
नेकपा एमालेमा निरन्तर राज गरिरहेका केपी शर्मा ओलीले यसपटक 'अर्लि महाधिवेशन' गराए ।
जितपछिको ओली अभिव्यक्ति सुन्दा एमालेमा परिवर्तनको कुनै छनक नदेखिएको प्रस्टै हुन्छ । पदाधिकारीमा निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा १९ जनाकै इतर उम्मेदवारी परेको थियो। तर उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईले मात्र जित निकाल्न सके ।
बाँकी १७ जना पदाधिकारीमा ओलीकै वर्चश्व रहने भएको छ। यो भनेको ओलीको अनुदार प्रवृत्तिलाई अनुमोदन गर्नु हो। ओलीकै मनपरिका कारण भदौ २३ र २४ गते जेन-जी विद्रोह भएको थियो। जसका कारण सत्तामा रहेका ओली सडकमा पुगेका थिए ।
जेन-जी विद्रोहको माग थियो एमाले नेतृत्वबाट ओलीको विदाइ। तर ओलीले त्यो हुन दिएनन् । बरु महाधिवेशन वाट ह्याट्रिक गरे । आफूलाई जोगाउन र ओलीतन्त्रको रक्षामा ढाल बनेर उभिएका महेश बस्नेतलाई पनि सचिबमा सानदार जित दिलाए ।
अध्यक्षमा पुनः निर्वाचन हुनासाथ ओलीले दिएको अभिव्यक्तिबाट नै यो पुष्टि हुन्छ । सरकार र जेन-जीबीच भएको सम्झौतालाई इंगित गर्दै ओलीले भने, 'यो सरकारसंग सविधानलाई चलाउने कुनै अधिकार छैन । सरकार र जेन-जीबीचको सम्झौता लागू हुन सक्दैन। एमालेले लागू हुन दिदैन । कि चुनावको तयारी गर, नत्र बाटो लाग्दा हुन्छ ।'
यतिमात्र हैन ओलीले जेन जी विद्रोहको क्रममा भएकी दमन र नरसंहारबारे बयानसमेत नदिने छांट देखाएका छन् । आफूलाई छोएको दिन यो सरकार ढाल्ने ओलीले चेताबनी दिए।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया