Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ माघ २० गते बिहिबार

मेघ गर्जन चट्याङ सहित हल्का वर्षा र बदलि कहाँ कस्ताे रहनेछ

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम , कर्णाली , लुम्बिनी  र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ ।

सुदूरपश्चिम , कर्णाली र लुम्बिनी  प्रदेशका धेरै स्थानहरू तथा गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागहरूका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
शनिबार देशका प्रदेश न १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश न १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना समेत छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>