कञ्चनपुर कारागारमा लाखौंमा भान्सा बिक्रि वितरण हुने गरेको रहस्य खुलेको छ । सरकारबाट प्रदान गरिने नगदमा घोटालादेखि मदिरा, लागु औषध बेचबिखन, कण्डमका साथै भान्सा समेत विक्रि वितरण हुने गरेको रहस्य खुलेको हो।
गएको शुक्रबार कारागारभित्र नाईके प्रकास मल्ल समुह र अन्य कैदीबन्दीविच झडप भएपछि अधिकाँस कैदीबन्दीले सेवा सुविधामा अनियमितताका साथै भान्सा समेत विक्रि वितरण हुने गरेको रहस्य खोलेका छन ।
कारागार पुग्ने संचारकर्मी, आन्तरिक प्रशासनदेखि प्रशासन, सुरक्षा निकायका अधिकारी समक्ष कैदीबन्दीले कारागारभित्र भान्सा समेत बिक्रि वितरण हुने गरेको दुखेसो पोखेका हुन । सजाय काटेर घर जाने कैदीबन्दीले पाएको भान्सा समेत नयाँलाई ४/५ लाख रुपैयामा विक्रि वितरण गर्दै आएको हुन ।
स्रोत वितरण, उपभोग एव कमाउ धन्दाकै कारण कारागारमा विद्रोह गरेर झडपसम्मको अवस्था उत्पन्न भएको अर्थ्याइएको छ।
आइतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल सहितका प्रशासन एव सुरक्षा निकायका पदाधिकारीले स्थलगत अनुगमन समेत गरेका छन। प्रमुख जिल्ला अधिकारी शुक्रबारको घटना छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी मोहचन्द्र जोशीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको बताए। प्रजिअ ढकाका अनुसार सदस्यमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक डिएसपी) सागर बोहरा, सदस्य सचिव प्रशासकिय अधिकृत धर्मराज उपाध्याय रहेका छन। उक्त छानविन टोलीलाई ७दिनको म्याद दिईएको छ। ६पुषदेखि नै छानबिन समितिले काम शुरु गरेको प्रजिअ ढकालले बताए । सात दिनभित्र कारागारको वस्तुस्थिति उत्पन्न घटना किन कसरी भयो भनेर एकिन तथ्य पहिचानका लागि छानविन समिति गठन गरिएको छ । उक्त छानविन समितिको प्रतिवेदन अनुरुप एक्सनमा उत्रिने प्रजिअ ढकालले बताए। 'विवाद नभई केही आउँदैन, मादक पदार्थ भित्र जान्छ, भन्ने विषय पनि सुनियो, 'प्रजिअ ढकालले भने, 'मादक पदार्थ सेवन गर्ने विषयमा सुन्य सहनशिनला हुन्छ ।' सेवा सुविधा पारदर्शीताको विषय अघि सारेर नाईके चौकीदार र अन्य कैदीबन्दीविच झडप हुँदा ८ कैदीबन्दी घाईते भएका थिए ।
घाईते कैदीबन्दी किरण बहादुर सिह, करन कुँवर, दिनेश कुँवर, राजेन्द्र सुनार, रोशन शाही, मदन गिरीको महाकाली अस्पतालमा उपचार भईरहेको छ। भने, सन्दीप भण्डारी, जनक खडका उपचारपछि कारागार फर्किएका छन । प्रकास मल्ल नेतृत्वको नाईके चौकीदारहरुमाथि अन्य कैदीबन्दीहरुले सरकारले दिने दुई सिजनको कपडाको रकम दुरुपयोग गरेको, राशनमा पनि विभेद गरेको, कारागारभित्रै मदिरा, लागु औषध जस्ता गैर कानुनी कारोबार गरेको, घरबाट आउने समान समेत पुरै हातमा नपुग्ने गरेको, आफु निकटलाई मात्रै सेवा सुविधा दिएको जस्ता आरोप लगाएर नाराबाजी गरेका थिए । कारागार जस्तो उच्च सम्वेदनशिल क्षेत्रमा कण्डम समेत कारोबार हुने गरेको तथ्य समेत बाहिरिएको छ। कैदीबन्दीहरुले नाराबाजी गर्दै
नाईके, चौकीदारमाथि कानुनी कार्बाही र सरुवाको माग अघि सारेका छन। कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले कैदीबन्दीहरुविच सेवा सुविधामा विभेद भएको भन्दै विवाद भएको र उक्त विवाद एक आपसमा झडपमा परिणत भएको बताए । उपचारका लागि अस्पताल पुगेका सबै जना कैदीबन्दीको उपचार भईरहेको उनीहरु खतरामुक्त रहेको बताए। क्षमता भन्दा दोब्बर कैदीबन्दी भएको कारागारमा उत्पन्न झडपले घरपरिवारमा त्रास फैलाएको छ। नयाँ जेलर शाखा अधिकृत बन्दना सुवेदी आएको दुई सातामै लफडा मच्चिएको छ । जेलर सुवेदीले चौकीदार, नाईकेहरुले अन्य कैदीबन्दीबाट अनावश्यक रकम लिएको भन्दै विवाद उत्पन्न भएको बताउँदै आफु कार्यालयमा १५ दिन अघि मात्रै आएको बताईन । हाल कञ्चनपुर कारागारमा १६ महिला सहित ३सय
८४कैदीबन्दी रहेका छन। कारागारमा बबण्डर मच्चिएपछि स्थानीय प्रशासनले कारागारमा बाक्लो सुरक्षाकर्मीको उपस्थिति गराएको छ । घाईतेको उपचार र नाईकेहरुको सरुवा हुँदासम्म कुटपिट गर्नेहरुमाथि कानुनी कार्वाहीको माग अघि सारेर आइतबारपनि सहकर्मीहरुले नाराबाजी निरन्तर गरेका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया