बझाङमा कम्युनिस्ट युवा संगठन नेपालको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ। भेलाले अनिलको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरेको छ।
भेलामा संगठनका ७ नम्बर ब्युरो इन्चार्ज दिपेन्द्र सिंह ऐरी प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने नेकपा (बहुमत) का केन्द्रीय सदस्य प्रकाश रावल विशेष अतिथिका रूपमा सहभागी भएका थिए।
ऐरीले सम्बोधनमा देश गम्भीर राजनीतिक, आर्थिक र सामाजिक संकटमा रहेको उल्लेख गर्दै सबै युवाहरू एकताबद्ध भएर संघर्षमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
विशेष अतिथि रावलले देशको स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न वैज्ञानिक समाजवादी क्रान्ति अपरिहार्य भएको बताए।
भेलामा पार्टी जिल्ला सचिव भानु कार्की, संगठनका जिल्ला इन्चार्ज प्रकाश सिंह र जिल्ला सदस्य जनक जोसी लगायतका नेताहरू पनि उपस्थित थिए।
संगठनले पुस महिना भित्र प्रदेशका ९ वटै जिल्लामा अधिवेशन सम्पन गरि सक्ने लक्ष्य लिएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया