Samriddhipost
२०८२ पुष १० गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष १० गते बिहिबार

गोकुलेश्वर क्याम्पसका प्राध्यापक डिन कार्यालयमा ल्याइराखेपछि विद्यार्थीको पढाइ प्रभावित

सुदूरपश्चिम विश्वविद्यालय गोकुलेश्वर बहुमुखी क्याम्पस, गोकुलेश्वरमा विज्ञान संकाय अन्तर्गत गणित विषयको पठनपाठन प्रभावित भएको छ। यस अघि क्याम्पसमा कार्यरत गणित विषयका शिक्षक मदन बहादुर चन्दको काज सरुवा भएको २ वर्ष भै सक्दा समेत काज फिर्ता नभएको र अन्य शिक्षक पनि नपठाउँदा क्याम्पसमा गणित विषयको पठनपाठन प्रभावित भएको हो ।
क्याम्पसमा सञ्चालित विज्ञान संकायमा अध्यापनको लागि २ वर्ष देखि गणित विषयको शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको भन्दै विद्यार्थीहरु अन्दोलित भएका छन् । आइतबार उक्त संकायमा अध्यनरत विद्यार्थीहरुले शिक्षक चन्दको काज फिर्ता गराई नियमित रुपमा पठनपाठनको व्यवस्था गर्न माग गर्दै क्याम्पस प्रशासनमा ज्ञापन पत्र बुझाएका छन् ।
क्याम्पस प्रमुखमार्फत केन्द्रीय कार्यालयलाई पठाइएको पत्र अनुसार शिक्षक चन्दलाई सुदूरपश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय डिनको कार्यालयमा काजमा खटाइएको थियो। तर, क्याम्पसमा शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या देखिएपछि पटक–पटक काज फिर्ताका लागि अनुरोध गरिएको भए पनि आवश्यक पहल हुन नसकेको उल्लेख छ।
विज्ञान संकायअन्तर्गत अध्ययनरत विद्यार्थीले गणित शिक्षक अभावका कारण नियमित पठनपाठनमा समस्या भोग्नु परेको भन्दै व्यवस्थापनका लागि क्याम्पस प्रशासन संग माग गरेको क्याम्पसका विद्यार्थी अमिशा बोहराले बताउनुभयो ।
लामो समय देखि समस्या समाधानको लागि आग्रह गर्दा पनि समाधान नभएको भन्दै उहाँले पढाईमा निकै समस्या भइरहेको गुनासो गर्नुभयो । निवेदनमा विगत दुई वर्षदेखि गणित विषयको पठनपाठन नियमित हुन नसकेको, पाठ्यक्रम समयमै पूरा नहुँदा परीक्षाको तयारीमा समस्या आएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
विद्यार्थी र क्याम्पस प्रशासन दुवैले गणित शिक्षक मदन बहादुर चन्दको काज फिर्ता गराई क्याम्पसमा नियमित पठनपाठनको व्यवस्था मिलाउन विश्वविद्यालय प्रशासनसँग आग्रह गरेको सहायक क्याम्पस प्रमुख कविराज जोशी बताउनुभयो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>