नेपाली कांग्रेसका नेता पूर्वग्रहमन्त्री रमेश लेखकले जेन्जी आन्दोलनपछि पहिलोपटक आफ्नो भनाइ सार्वजनिक गरेका छन्।
लेखकले एक स्टाटस जारी गर्दै भाद्र २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले आफूलाई बोलाएको जानकारी दिएका हुन् ।
आयोगले बोलाएपछि पुष १४ गते सोमबार आयोगमा जाने निर्णय गरेको स्टाटसमा उल्लेख गरेका छन्। र सञ्चारमाध्यमबाट पनि आफ्ना धारणा सार्वजनिक गर्ने कुरा उल्लेख गरेका छन्।
जेन्जी आन्दोलन भएर १९ जना बढी को केही घण्टामा मृत्यु हुँदा रमेश लेखकले साँझै राजीनामा दिएका थिए। दोस्रो दिन जेन्जीहरूले थप आन्दोलन गर्दा ७६ जनाको मृत्यु भएको, देशभरिका विभिन्न संरचना समेत सिंहदरबार सर्वोच्च अदालत र प्रतिनिधि सभा रहेको भवन जलाइएका थिए ।
उक्त समय प्रधानमन्त्री रहेका केपी शर्मा ओली सिंहदरबार बाटै हेलिकप्टरमा सेनाले उद्धार गरेर लगेको थियो।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया