Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष ११ गते शुक्रबार

४९ का जेन्जि  उम्मेदवार जोशी कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका आकांक्षी ।

नेपाली कम्युनिस्ट पार्टी बाट कञ्चनपुर क्षेत्र नम्बर २ प्रतिनिधि सभा उम्मेदवारका आकांक्षी देखिएका छन् महेश दत्त जोशी। नेपाली कम्युनिस्ट पार्टी ले उम्मेदवार सिफारिस गर्नका लागि शुक्लफाटा नगरपालिका स्थित बिहिवार कञ्चनपुर जिल्लाको विस्तारित बसेको थियो । यसै बैठकमा महेश दत्त जोशीले पनि प्रतिनिधि सभाका लागि आफू उम्मेदवार रहेको जानकारी दिदै आफ्नो नाम पनि लेखाएका छन्।
महेश दत्त जोशी यस क्षेत्रका लागि चिर परिचित नाम हो। २०४२ सालमा भारत प्रवासमा अध्ययनरत हुदा का अखिल भारत नेपाली बिद्यार्थी युनियन अभानेस्वबियु वाट बामपंथी राजनीति यात्राको सुरुवात गरेका जाेशि पुराना बरिस्ठ बामपंथी नेता हुन
जोशी २०४९ सालमा २८ बर्षको जेन्जी उमेरमा उम्मेदवार भई नेकपा एमालेका तर्फबाट तत्कालीन कृष्णपुर गाउँ बिकास समिति उप विजेता भईसशक्त उम्मेदवारी दर्ता गराएका थिए।
२०५४ सालमा प्यानल सहित आफ्नो वडा विजय गराएर तत्कालीन जिल्ला विकास समितिको सदस्य जितेका थिए।
२०७४ सालमा माओवादी केन्द्रबाट कञ्चनपुर क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्य बिजय भएका थिए ।
दोस्रोपटक प्रदेशसभामा आफ्नै पार्टीका ओमविक्रम भाट सरल उम्मेदवार बनेपछी भाटलाई विजय गराउन लागि परे।
जोशीले यो बाहेक सामाजिक क्षेत्रमा निरन्तर अगाडि लागिरहे शिक्षा क्षेत्रमा कृष्णपुर नगरपालिका २ को सरस्वती माविको संस्थापक अध्यक्ष, उदय सरस्वती मावि बङ्क को संस्थापक सदस्य, कञ्चन क्याम्पस गुलरियाको उपाध्यक्ष भई काम गरेका थिए ।
 सहिद भीमदत्त पन्त  प्रतिष्ठानका संस्थापक केन्द्रीय  सचिव,

 वन तथा वातावरणका क्षेत्रमा ग्वालावारी सामुदायिक वन वाणीको संस्थापक अध्यक्ष रही काम गरेको, वातावरण कृषि र आयआर्जनका क्षेत्रमा काम गरिरहेको चुरे लालझाडी कृषि सहकारी संस्थाको संस्थापक अध्यक्ष । लालझाडि माेहना संरक्षित बन परिषद्का संस्थापक अध्यक्ष, सामुदायिक वन समन्वय समिति कञ्चनपुरको संस्थापक अध्यक्ष भई सुरु गरेको वन वातावरण र वन्यजन्तुका क्षेत्रमा संरक्षणका लागि अहम भूमिका खेलेको भन्दै अब्राहम संरक्षण पुरस्कार समेत प्राप्त गरिसकेका छन्।
अहिले पनि वन वातावरण र संरक्षणका क्षेत्रमा निरन्तर काम गरिरहेका छन्

 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>