Samriddhipost
२०८२ फागुन ०३ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष १२ गते शनिबार

राज्यले पीडामा बस्न बाध्य पारेपछि गरियो धर्मान्तरण, देउवा प्रधानमन्त्री हुँदा विस्थापित भएका २४ वर्ष बिते भएन समस्या समाधान ।
फाइल तस्बिर

कञ्चनपुरमा रहेको शुक्लाफाटा राष्ट्रिय निकुञ्ज २०५८ सालमा निकुञ्ज बनिसकेको थिएन । यसको क्षेत्रफल पनि कम थियो यसको क्षेत्रफल बढाउने भन्दै जोडिएका विभिन्न ठाउँका बस्तीहरू खाली गरिए धेरैलाई अर्को ठाउँमा सट्टा भर्ना दिइयो।

केही विस्थापित नागरिक भने २४ वर्षदेखि विस्थापनको पीडा झेलिरहेका छन्। उनीहरुलाई हालसम्म स्थापित गर्न सकेको छैन। सरकारले थुप्रै आयोगहरू बनायो। तर यी आयोगहरूले समस्या समाधान गर्न सकेनन् मात्र तलब भत्ता र सेवा सुविधा उपभोग गरे ।

अहिले यी पीडित नागरिकहरू कञ्चनपुर जिल्लाको विभिन्न स्थानमा पीडादायी जीवन व्यतित गरिरहेका छन्। यसैमध्ये का केही नागरिक गणतन्त्रको आरम्भ हुने बखतसँगै विस्थापित गरिएको ठाउँ शुक्लाफाटा राष्ट्रिय निकुञ्जको ढक्का क्षेत्रमा गएर बसे। उनीहरूले निकुञ्जभित्र हिंस्रक जनावरहरूको डर नमानी ज्यानको बाजी राखेर बसिरहेका छन्। यो उनीहरूको रहर होइन यो बाध्यता हो। जाने त कहाँ जाने राज्यले व्यवस्था गर्दैन यही बस्ने त कतिबेला हिंस्रक जनावरको सिकार भइन्छ थाहा छैन । 

यति मात्रले भएन उनीहरूलाई रोग भोक र शोक रहेको छ। योसँगै उनीहरुले धर्म परिवर्तन समेत गरे। मनवीर ओड जो विस्थापित भएपछि बाध्यतावश यहाँ बसेका हुन् उनी भन्छन् मैले बाइबल पढे र म भावुक भए अनि आफ्नै घरमा चर्च बनाएर सञ्चालन गरियो। दुईजना पास्टरहरु आउँथे नियमित प्रार्थना गरिन्थ्यो एक्कासी प्यारालाइसिस भए पास्टरहरू ल्याउन छाडे । चर्च हटाएपछि प्यारालाइसिस ठिक भयो। उहाँकै शब्दमा उहाँको कुराहरु सुन्नुहोस् तलको युट्युब भिडियो लिङ्कमा । 

यसरी वर्षौंदेखि नागरिकहरूलाई गाँस बास कपास शिक्षा स्वास्थ्य रोजगारी लगायतका सबै कुराबाट वञ्चित गरेर नागरिकहरुलाई पीडा दिएपछि नागरिकहरु गरुन् चाहिँ ? विस्थापित गर्ने बेलामा नेपाली कांग्रेसका हालका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँ पटकपटक प्रधानमन्त्री हुनुभयो तर यो समस्या समाधान भएन।  अब यो समस्या कहिले हुन्छ समाधान ?

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>