Samriddhipost
२०८२ पुष १२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष १२ गते शनिबार

प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कैलालीका ५ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको छ।
फागुन २१ गते हुने निर्वाचनको लागि ५ निर्वाचन क्षेत्रबाट ४२ जनाको नाम सिफारिस गरिएको छ । जसमा यस अघि अछामबाट नाम सिफारिस भइसकेका भीम रावलको नाम पनि २ वटा निर्वाचन क्षेत्रबाट सिफारिस गरिएको छ।



कैलालीका २ नम्बर क्षेत्र र ५ नम्बर क्षेत्रबाट भीम रावलको नाम सिफारिस गरिएको छ। ५ नम्बर क्षेत्रबाटै पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट र भानुभक्त जोशीको नाम पनि सिफारिस गरिएको छ।

यस अघि जोशीको नाम बझाङ र भट्टको नाम डोटीबाट सिफारिस भइसकेको छ। कृष्णराज सुबेदीको अध्यक्षमा बसेको जिल्ला कार्यदलको बैठकले सबै नाम केन्द्रमा सिफारिस गरेको छ।

कैलाली क्षेत्र नम्बर १ बाट नेप चौधरी, हरि ज्ञवाली, भैरव रावल, सुरेन्द्र देउकर, प्रेम साउँद, बालकृष्ण चौधरी, ललित थापा, युवामा तपेन्द्र शाह र महिलामा सरस्वती शाहको नाम सिफारिस गरेको छ।

यस्तै क्षेत्र नम्बर २ बाट डा. भीम रावल सहित लालबहादुर सोडारी, कर्णप्रसाद जैशी, नन्दबहादुर साउद, युवामा शिवराज सञ्जाल र महिलामा बसन्ती डगौराको नाम सिफारिस गरेको छ। क्षेत्र नम्बर ३ बाट विरभान चौधरी, लाजुराम चौधरी, प्रकाश मिश्र, विपिन आचार्य, कमलप्रसाद चौधरी, महिलामा विनीता चौधरी र युवा वीरेन्द्र जिसीको नाम सिफारिस गरेको छ।

क्षेत्र नम्बर ४ बाट हरिराम चौधरी उत्सव, दीर्घ सोडारी, उद्धव भट्टराई, कृष्णराज सुबेदी, मीनराज बडू, लक्ष्मण कुँवर, लक्षीराम आचार्य, युवामा बमबहादुर विक र महिलाबाट चुनकुमारी चौधरीको नाम सिफारिस गरेको छ।

यस्तै निर्वाचन क्षेत्र नम्बर ५ डा. भीम रावल सहित, भानुभक्त जोशी, त्रिलोचन भट्ट, नरबहादुर शाह, ओमप्रकाश पुन, प्रेम बिसी, सुरेन्द्र यादव, डिएल भण्डारी, महिलामा सुशीला बुढाथोकी, लक्ष्मी चौधरी विनाडी र युवामा मनोज पुन मगरको नाम सिफारिस गरेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>