Samriddhipost
२०८२ फागुन ०१ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष १३ गते आइतबार

खप्तड समाजद्वारा आयोजित भुवा पर्व सम्पन  लक्ष्मण अधिकारीको होइन भिनाजु  देउडा गीतको विमोचन

खडकबहादुर कोली -
खप्तड समाज कञ्चनपुरद्वारा आयोजना गरिएको भुवा पर्व शनिबार विविध सांस्कृतिक कार्यक्रमका साथ भीमदत्त नगरपालिकाको स्मारकमा सम्पन्न गरिएको छ खप्तड समाज कञ्चनपुरका अध्यक्ष तथा कार्यक्रमका सभापति वीर बहादुर महताले भुवा पर्व  भुवा, देउडा तथा विभिन्न संस्कृति कार्यक्रममा साथ सम्पन्न गरेको बताए। महताले स्थापना कालदेखि कला, संस्कृति जगेर्नाका निमित्त सहयोग गरेका र गरिरहेका सबैलाई धन्यवाद समेत दिएका छन्। उक्त समापन कार्यक्रममा प्रमुख अतिथि रहेकी भीमदत्त नगरपालिकाकी उप प्रमुख नीलम लेखक जोशीले सुदूरपश्चिमेली हरुले मनाउँदै आइरहेको आफ्नो भाषा, शैली ,संस्कृतिमा गर्व गर्नुपर्ने र  जगेर्ना गर्नुपर्ने बताएकी छन। उनले नगरपालिका र आफ्नो व्यक्तिगत तर्फबाट पनि यसलाई जगेर्ना गर्नमा सहयोग गर्ने प्रतिबद्ध समेत गरिन्। विशिष्ट अथिति रहनुभएका संस्कृत विद्ध लक्ष्मीकान्त जोशीले जब भूमिमा अन्याय, अत्याचार र आतंककारीहरूले आतंक मचाउँदा देश र भूमिको रक्षा गर्न हातहतियार प्रयोग  गरेर दुष्टहरूको नाश गरी देशको रक्षा गर्नको लागि यो पर्वको इतिहास रहेको बताए। उनले थपे गणतन्त्रमा राष्ट्रपति र प्रधानमन्त्रीकाे शासन रहेकाे हुन्छ र लाेभ गर्नु हुदैन गणतन्त्रको रक्षाको लागि पनि भुवा पर्वकाे महत्वपूर्ण भूमिका रहेको हुन्छ। 

भुवा पर्व कार्यक्रमको अवसर पारेर लक्ष्मण अधिकारीको दुबईको लाहुरया काे छैठौँ देउडा कोसेली हाेइन भिनाजुको देउडा गीतको विमोचन उप प्रमुख निलम लेखक जोशीले पढेर विमोचन गरेकी थिइन् भने कार्यक्रममा विभिन्न कलाकार, बुद्धिजीवी, समाजसेवीकाे उपस्थिति रहेको थियो उक्त कार्यक्रमको सञ्चालन समाजका सचिव जनक विक्रम सिंहले गरेका थिए।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>