Samriddhipost
२०८२ फागुन ०३ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष १४ गते सोमबार

भारतीय नागरिकलाई नागरिकता दिन संलग्न रहेको आरोपमा वडा अध्यक्ष पक्राउ

नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो. ईशा मिकरानी पक्राउ परेका छन्। उनीमाथि भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन संलग्न भएको आरोप छ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीको जाहेरीका आधारमा दायर मुद्दामा वादी नेपाल सरकार रहेको छ भने प्रतिवादीतर्फ रामविश्वास रायसहित वडाध्यक्ष मिकरानीको संलग्नता देखिएको जनाइएको छ। सोही आधारमा थप अनुसन्धान आवश्यक ठहर गर्दै जिल्ला सरकारी वकिल कार्यालयले गत वैशाख २२ गते पत्राचार गरेको थियो।

यसपछि सर्लाही जिल्ला अदालत, मलङ्गवाले मंसिर ५ गते वडाध्यक्ष मिकरानीलाई पक्राउ गर्न अनुमति दिएको थियो। अदालतको उक्त आदेशअनुसार खोजतलासका क्रममा उनलाई मलङ्गवा नगरपालिका–२ क्षेत्रबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

पक्राउपछि अदालतबाट दुई दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। हाल अनुसन्धान जारी रहेकाले नागरिकता प्राप्त गरेको भनिएको भारतीय नागरिकको पहिचान भने सार्वजनिक गरिएको छैन।

प्रहरीका अनुसार नागरिकताजस्तो संवेदनशील विषयमा जनप्रतिनिधिको संलग्नता देखिनु गम्भीर विषय भएकाले प्रमाण संकलन, बयान र कागजात परीक्षणलाई प्राथमिकताका साथ अघि बढाइएको छ। अनुसन्धानका क्रममा थप व्यक्तिहरू पनि जोडिन सक्ने सम्भावनालाई नकारिएको छैन।

यस घटनाले स्थानीय तहमा नागरिकता वितरणसम्बन्धी प्रक्रिया, निगरानी र जवाफदेहितामाथि पुनः प्रश्न उठाएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>