Samriddhipost
२०८२ फागुन ०३ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष १४ गते सोमबार

कम्युनिस्ट युवा संगठन द्वारा नगर प्रमुखलाई ०७ बुदे ज्ञापनपत्र

नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट कम्युनिस्ट युवा संगठन नेपाल दार्चुला जिल्ला समितिले शैल्यशिखर नगरपालिका नगर प्रमुखलाई ७ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ ।
 शोषण, दमन, अन्याय र उत्पीडनविरुद्ध संघर्षरत क्रान्तिकारी युवा संगठनका रूपमा परिचित संगठनले भ्रष्टाचार, कुशासन, मिटरब्याज आतंक, वित्तीय शोषण र सामाजिक विकृति–विसंगतिविरुद्ध निर्णायक संघर्ष गर्नु आफ्नो ऐतिहासिक जिम्मेवारी भएको जनाएको छ । 
ज्ञापनपत्रमार्फत संगठनले शैल्यशिखर नगरपालिका सीमित गुट, ठेकेदार र स्वार्थी शक्तिको प्रभावमा पर्दै गएको आरोप लगाएको छ । स्थानीय तह जनताको घरआँगनको सरकार हुनुपर्ने भए पनि जनमुखी सेवा प्रवाह कमजोर बन्दै गएको भन्दै संगठनले चिन्ता व्यक्त गरेको छ । युवाहरू बेरोजगारी, शिक्षा र सीपको अभावका कारण निराश बन्दै पलायन हुन बाध्य भएको उल्लेख गर्दै संगठनले युवाशक्तिको उपेक्षा भविष्यप्रति नै षड्यन्त्र भएको बताएको छ । संगठनले नगरपालिकासमक्ष वित्तीय शोषण र दलालीमा संलग्न व्यक्ति तथा समूहलाई कारबाही गर्न, युवाका लागि उत्पादनमूलक रोजगारी र सीपमूलक तालिम कार्यक्रम तत्काल लागू गर्न माग गरेको छ । साथै वडा नम्बर ९ स्थित वादी टोलमा शौचालय र खानेपानीको चरम अभाव रहेकाले तत्काल पहल गर्नुपर्ने माग गरिएको छ ।
यसैगरी, सार्वजनिक बजेट दुरुपयोगको अनुसन्धान गरी कारबाही गर्न, २०७९ यता नगरपालिकाबाट दिइएका कोटेसनहरूको पूर्ण विवरण र कार्यसम्पन्न तस्वीर सार्वजनिक गर्न तथा निर्वाचित जनप्रतिनिधिहरूको सम्पत्ति विवरण उपलब्ध गराउन माग गरिएको छ । गोकुलेश्वर अस्पतालमा आवश्यक संरचना, उपकरण र औषधिको व्यवस्था गर्न तथा गोकुलेश्वर बजारमा अव्यवस्थित पार्किङका कारण बढ्दो सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ट्राफिक व्यवस्थापन गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ । 
 मागहरू गम्भीरतापूर्वक सम्बोधन नगरिएमा उत्पीडित जनता र युवाशक्तिको साथमा चरणबद्ध र सशक्त संघर्षका कार्यक्रम अघि बढाइने चेतावनी संगठनले दिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>