Samriddhipost
२०८२ पुष १५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष १५ गते मङ्गलबार

नेपाली कांग्रेसको समानुपातिकको नामावली (बन्दसूची ) निर्वाचन आयोगमा मङ्गलबार बिहान ६ बजेसम्म दर्ता हुन सकेन।

नेपाली कांग्रेसले निर्वाचन आयोगमा आफ्नो पार्टीका तर्फबाट समानुपातिक उमेरदवारको बन्दसूची बुझाउन ढिलो गरेको छ । मंगलबार बिहान ६ बजेसम्म पनि कांग्रेसले बन्दसूची बुझाउन सकेको छैन । 
सभापति शेरबहादुर देउवाको हस्ताक्षरका कारण कांग्रेसले बन्दसूची बुझाउन ढिलो गरेको छ । 
सभापति देउवाको हस्ताक्षर गराउन महाराजगन्ज गएका कांग्रेस मुख्यसचिव कृष्ण पौडेल र प्रचारविभाग प्रमुख मीन विश्वकर्मा आयोग फर्किएका छैनन् । 
नेपाली कांग्रेसले लामो रस्साकस्सीपछि समानुपातिक बन्दसूचीको नाम टुंगो लगाएको थियो । मंगलबार बिहानसम्म पनि उमेदवारको विषयमा कुरा नमिलेपछि महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार लिस्ट बोकेर बिहान ४ बजे निर्वाचन आयोग पुगेका थिए । 
आयोगमा पुगेको लिस्टमा पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर थिएन । त्यसैले हस्ताक्षर गराउने भन्दै मुख्यसचिव कृष्ण पौडेल र मीन विश्वकर्मा देउवानिवास महाराजगन्ज गएका छन् । तर, उनीहरू ६ बजेसम्म पनि आयोग फर्किएका छैनन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>