Samriddhipost
२०८२ पुष १६ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष १६ गते बुधबार

"भीमदत्त नगरपालिका, कञ्चनपुरमा वैदेशिक रोजगारीका सामाजिक–आर्थिक प्रभावहरू” मा सिंहको पिएचडी

भीमदत्त नगरपालिका, कञ्चनपुरमा वैदेशिक रोजगारीका सामाजिक–आर्थिक प्रभावहरू” मा विद्यावारिधि (पिएचडी) उपाधि हासिल गर्ने पहिलो व्यक्ति उप–प्राध्यापक डा. वीरबहादुर सिंह ठकुरी बनेका छन्।

बेल्डाँडी गाउँपालिका–स्थित रौलेश्वर माध्यमिक विद्यालयबाट माध्यमिक तह उत्तीर्ण गरेका डा. ठकुरी ग्रामीण परिवेशबाट उच्च शैक्षिक उपलब्धि हासिल गर्दै बेल्डाँडी क्षेत्रकै सम्भवतः पहिलो पिएचडी धारक बनेका हुन्। उनले २०८२ साल पौष १६ गते त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय डीनको कार्यालयमा विद्यावारिधिको अन्तिम मौखिक परीक्षा (फाइनल भाइभा) सफलतापूर्वक सम्पन्न गर्नु भएको हो।

फाइनल भाइभा सम्पन्नपश्चात सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै डा. ठकुरीले यस उपलब्धिलाई ऐतिहासिक क्षणको रूपमा उल्लेख गरेका छन्। उनले कुलदेवता, बुवा–आमा तथा जीवनमा ज्ञानको उज्यालो छर्ने सम्पूर्ण गुरुजनप्रति हार्दिक नमन व्यक्त गरेका छन्। साथै, कार्यक्रममा अध्यक्षता गर्ने डीन डा. बामदेव अधिकारी, सहायक डीन डा. खोमराज खरेल, मूल्याङ्कन समितिका सदस्यहरू, शोध निर्देशक प्रा.डा. केशवप्रसाद अधिकारी, सह–शोध निर्देशक प्रा.डा. चक्रपाणी लुइटेल, ग्रामीण विकास केन्द्रीय विभागका प्रमुख डा. शुमन खरेललगायत प्रत्यक्ष, अप्रत्यक्ष र परोक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति कृतज्ञता प्रकट गरेका छन्।

उनले त्रिभुवन विश्वविद्यालय बाट ग्रामीण विकास विषयमा “भीमदत्त नगरपालिका, कञ्चनपुरमा वैदेशिक रोजगारीका सामाजिक–आर्थिक प्रभावहरू” “Socio economic Impacts of Foreign Employment in Bheemdatta Municipality, Kanchanpur” शिर्षकमा विद्यावारिधि (पिएचडी) गर्दै डाक्टर लगाउन सफल भएका छन्।

उपप्राध्यापक ठकुरी हाल सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा उप–प्राध्यापकका रूपमा कार्यरत छन्। यसअघि सहायक परीक्षा नियन्त्रकको जिम्मेवारी निर्वाह गरिसकेका उनी हाल मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत विभागीय प्रमुखको रूपमा समेत कार्यरत रहेका छन्।

ग्रामीण पृष्ठभूमिबाट उच्च शैक्षिक उपलब्धि हासिल गरेका डा. ठकुरीको यस सफलताले बेल्डाँडी क्षेत्रसहित सिंगो सुदूरपश्चिमका युवाहरूलाई उच्च शिक्षातर्फ प्रेरणा दिने विश्वास गरिएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>