Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष १८ गते शुक्रबार

सुदूरपश्चिम विश्वविद्यालयले शिक्षक नपठाएपछि प्राध्यापक नपठाएपछि भयो तालाबन्दी ।
गोकुलेश्वर क्याम्पस फाइल तस्बिर

गोकुलेश्वर बहुमुखी क्याम्पसमा विज्ञान सङ्काय अन्तर्गत गणित विषयका शिक्षकको अभावको विरोधमा क्याम्पस प्रमुख प्रमल सिंह महराको कार्यकक्ष तथा क्याम्पस प्रशासनमा तालाबन्दी गरिएको छ।
गणित विषय अध्यापनरत शिक्षक मदन बहादुर चन्दलाई विगत दुई वर्षदेखि सुदूरपश्चिम विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्काय डीन कार्यालयमा काजमा राखिँदा पठनपाठन प्रभावित भएको विद्यार्थी संगठनहरूको गुनासो छ। शिक्षक अभावका कारण पाठ्यक्रम पूरा हुन नसकेको र परीक्षाको तयारीमा समस्या आएको उनीहरूको भनाइ छ। पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा नेविसंघ, अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले संयुक्त रूपमा तालाबन्दी गरेका हुन्।
विद्यार्थी संगठनहरूले शिक्षकलाई तत्काल काजबाट फिर्ता ल्याउन वा योग्य गणित शिक्षक नियुक्त गर्न माग गरेका छन्। माग पूरा नभए आन्दोलन थप कडा बनाउने चेतावनी दिइएको छ। सहायक क्याम्पस प्रमुख कबिराज जोशीले लामो समयदेखि विश्वविद्यालयसँग शिक्षक माग गरिँदै आएको भए पनि हालसम्म सम्बोधन नभएको बताउनुभयो। गणित शिक्षक नहुँदा गोकुलेश्वर बहुमुखी क्याम्पसमा पढाइ प्रभावित भएको विद्यार्थीहरुको भनाई छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>