Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष १९ गते शनिबार

मापसे चेक गरिरहेका ट्राफिकलाई १० मिटर घिसार्ने कारसहित चालक पक्राउ

मादक पदार्थ सेवन (मापसे) चेकजाँचका क्रममा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई घाइते बनाएर फरार भएका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-५, गर्दोई बस्ने ४६ वर्षीय बासुदेव आचार्य रहेका छन्।
बिहीबार (पुस १७ गते) राति पौने ८ बजे हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङस्थित सडकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको टोलीले नियमित चेकजाँच गरिरहेको थियो।
नवलपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको एक कारलाई प्रहरीले रोकेको थियो।
ट्राफिक प्रहरीले ‘ब्रेथलाइजर’ मेसिन प्रयोग गरी मापसे चेक गर्न खोज्दा चालकले एक्कासी कारको सिसा बन्द गरी गाडी भगाएका थिए। सो क्रममा ब्रेथलाइजरसहित ड्युटीमा रहेका प्रहरी जवान कारमा अड्किएर करिब १० मिटर घिसारिँदा घाइते भएका थिए।
घटनालगत्तै फरार रहेको कारको खोजी गर्ने क्रममा प्रहरीले शुक्रबार चितवनको भरतपुरबाट बा ६ च ८४०९ नम्बरको सो कार फेला पार्‍यो। प्रहरीले सोही स्थानबाट चालक आचार्यलाई पनि नियन्त्रणमा लिएको हो।
प्रहरीले आचार्यको कारबाट चेकजाँचमा प्रयोग गरिएको ब्रेथलाइजर मेसिनसमेत बरामद गरेको छ ।

चालक र कारलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>