नेपाल कम्युनिष्ट पाटी(माओवादी)को समाजवाद्यी जागरण अभियान शुरु भएको छ ।
विप्लव नेतृत्वको नेकपा(माओवादी)को आइतबार जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासबाट समाजवादी जागरण अभियान शुरु भएको हो । नेकपा माओवादीका केन्द्रीय सदस्य प्रेम सी समेतका नेताहरूको उपस्थितिमा साम्राज्यवाद बिरुद्ध अभियान शुरुवात गरिएको माओवादीले जानकारी दिएको छ ।
पार्टीका अनुसार कञ्चनपुर समेत देशैभर अभियान संचालन गर्दै समाजवाद निर्माणतर्फ नागरिक सचेतना गराउने तयारी रहेको बताइएको छ ।
पार्टीले गरेको कार्यक्रममा सरकार विरुद्ध नाराबाजी गर्दै सरकार कठपुतली रहेको उल्लेख गरिएको थियो । माओवादी सर्वपक्षीय सरकार बनाउनुपर्नेमा जोड दिँदै आएको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया