कञ्चनपुरको वेदकोट नगरपालिकाको अठारौँ नगर सभा तथा हिउँदे अधिवेशन सोमबार सम्पन्न भएको छ । नगर प्रमुख भोजराज बोहराको अध्यक्षतामा बसेको उक्त सभाले नगरपालिकाको आगामी ५ वर्षको विकास मार्गचित्र कोर्ने रणनीतिक योजनाहरूसहित विभिन्न महत्वपूर्ण ऐन र कार्यविधिहरू पारित गरेको छ ।
नगर सभाले कार्यपालिकाबाट यसअघि भएका निर्णयहरूलाई अनुमोदन गर्दै नगरको आर्थिक र सामाजिक विकासका लागि दूरगामी महत्व राख्ने दस्तावेजहरू पारित गरेको छ । जसअन्तर्गत आगामी पाँच वर्षका लागि 'स्थानीय रोजगार रणनीति' र 'उद्यम विकास रणनीतिक योजना' (आर्थिक वर्ष २०८२/०८३ देखि २०८६/०८७) स्वीकृत गरिएको छ । यी योजनाहरूले नगरभित्र स्वरोजगारका अवसर सिर्जना गर्न र उद्यमशीलता प्रवद्र्धन गर्न जग बसाल्ने विश्वास गरिएको छ ।
नगरपालिकालाई प्रविधिमैत्री बनाउने लक्ष्यका साथ सभाले 'वेदकोट नगरपालिकाको सूचना तथा सञ्चार प्रविधि नीति २०८१/०८२' पारित गरेको छ । यसका साथै, स्थानीयस्तरमा संघसंस्था दर्तालाई व्यवस्थित गर्न 'संघसंस्था दर्ता ऐन' र जेहेन्दार विद्यार्थीहरूलाई सहयोग पुर्याउन 'उच्च शिक्षा सहयोग वितरण कार्यविधि' समेत स्वीकृत गरिएको छ । सभामा विधायन समिति प्रमुख पवन नेपालीले कानुन संशोधन सम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो । उक्त प्रस्तावमाथि जनप्रतिनिधिहरूबीच व्यापक छलफल गरी विभिन्न विद्यमान कानुनहरूलाई समयसापेक्ष परिमार्जन र संशोधन गर्ने निर्णय गरिएको छ ।
नगर सभामा नगर उपप्रमुख तुलसी जोशी, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू र कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । सभाको समापन गर्दै नगर प्रमुख तथा सभाध्यक्ष भोजराज बोहराले पारित गरिएका नीति र रणनीतिहरूले नगरको बेरोजगारी समस्या समाधान गर्न र नागरिकलाई घरदैलोमै आधुनिक एवम् प्रविधिमैत्री सेवा दिन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया