नरेन्द्र महरा
बैतडीको पाटन नगरपालिका–८ खोड्पे जसुलीखाली निवासी ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले पछिल्लो २७ वर्षदेखि दलित बस्तीमा वैदिक विधिबाट धार्मिक कर्मकाण्ड गर्दै सांस्कृतिक कुरीति हटाउने अभियान सञ्चालन गर्दै आएका छन्।
पन्तले दलित समुदायमा सप्ताह, व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा, गृहप्रवेशलगायतका धार्मिक कार्यक्रम सम्पन्न गर्दै सामाजिक विभेद अन्त्यका लागि उदाहरणीय पहल गरिरहेका छन्। उनका अनुसार हालसम्म दलित बस्तीमा ३५ वटा सप्ताह, २१ शिवपुराण, २७५ लघुरुद्राभिषेक, १७८ महारुद्राभिषेक, ६५४ सत्यनारायण पूजा, ५७१ ग्रह शान्ति, २५ शतचण्डी, ५१ अखण्ड रामायणसहित कुल १ हजार ३९७ भन्दा बढी कर्मकाण्ड सम्पन्न गरि सकेको बताएका छन् ।
जिल्लाको प्रसिद्ध श्री वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गका मूल पुजारीसमेत रहेका पन्तले यसअघि आचार्य कृष्ण दमाईँसहित १ हजार १११ जना सिल्पी समुदायका व्यक्तिलाई जनैधारण गराइसकेको जानकारी दिए। आचार्य कृष्ण दमाईँले पशुपति कोटिहोममा व्यासबाट प्रवचनसमेत दिएका थिए।
धर्मग्रन्थले दलित वा महिलामाथि कुनै विभेद नगरेको उल्लेख गर्दै पन्तले समाजमा व्याप्त छाउपडी प्रथा र जातीय विभेद हटाउन धार्मिक अगुवाहरू अग्रसर हुनुपर्नेमा जोड दिएका छन्। “कानुनले अपराध मानेका विभेदकारी अभ्यासहरू धार्मिक नाममा स्वीकार्य हुन सक्दैनन्,” उनले भने।
उनका अनुसार सुदूरपश्चिममा अझै पनि धेरै स्थानमा ब्राह्मणहरूले दलित बस्तीमा न्वारन, विवाह, व्रतबन्ध गर्न नजाने, चिहानघाटमा समेत जातीय विभेद हुने गरेको छ। “म दलितको घरमा कर्मकाण्ड गरेर भोजनसमेत ग्रहण गर्दै आएको छु। दलितभित्रै पनि देखिने विभेद गलत हो, हटाउनैपर्छ,” पन्तले स्पष्ट पारे।
सन्ध्या पूजाका क्रममा अथर्ववेदलाई दलितको वेद भन्दै अपमान गर्ने गलत परम्परा अझै कायम रहेको उनको भनाइ छ। “अथर्ववेदकै ज्ञानबाट आजका आधुनिक प्रविधिहरू विकसित भएका हुन्। ती वस्तु प्रयोग गर्ने तर निर्माण गर्ने शिल्पकारमाथि विभेद गर्नु गम्भीर कुरीति हो,” उनले बताए।
कुरीति विरुद्ध उभिँदा ५७५ यजमान छुटे
दलित बस्तीमा कर्मकाण्ड गर्न थालेपछि आफ्ना पुर्ख्यौली गैरदलित समुदायका ५ सय ७५ यजमान छुटेको पीडा पनि पन्तले व्यक्त गरे। सामाजिक सञ्जालमार्फत तुच्छ गालीगलौज सहनुपरे पनि आफू धर्म र कर्मबाट विचलित नभएको उनको भनाइ छ। दलितमाथि विभेद गर्नेहरूलाई कानुनी कारबाही गर्नुपर्ने उनको माग छ।
आगामी दिनमा प्रत्येक हिन्दुको घर–घरमा वेद, पुराण, शालिग्राम, तुलसीको मट, शङ्ख–घण्टा र पाञ्चायन देवताको अनिवार्य स्थापना गराउने योजना रहेको उनले बताए। “धर्मशास्त्रअनुसार महिला र पुरुष दुई मात्र जात हुन्, अन्य जात हुँदैनन्। विभेदकारी ग्रन्थहरूको संशोधन आवश्यक छ,” उनले जोड दिए।
सबै धार्मिक क्षेत्र र कर्मकाण्ड सबैका लागि समान रूपमा खुला हुनुपर्ने बताउँदै पन्तले धार्मिक सेवाका लागि ९८६०२७८१०० मा सम्पर्क गर्न आग्रह गरेका छन्।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया