Samriddhipost
२०८२ पुष २४ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष २३ गते बुधबार

जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष वीरेन्द्र शाहीविरुद्ध नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा संगठन नेपाल, जिल्ला समिति जाजरकोटले सांकेतिक जनकारबाही भन्दै विभिन्न नारा सहितको कालो ब्यानर टाँसेको छ।

कम्युनिस्ट युवा संगठनले उपाध्यक्ष शाहीले बारम्बार सार्वजनिक पदको दुरुपयोग गर्दै गैरजिम्मेवार र आपत्तिजनक गतिविधि गरेको आरोप लगाउँदै उक्त सांकेतिक कारबाही गरेको जनाएको छ। संगठनका अनुसार उपाध्यक्ष शाहीले मदिरा सेवन गरेर गाउँपालिकाका कर्मचारीमाथि कुटपिट तथा गालीगलौज गर्ने, सेवाग्राही र विद्यार्थीहरूमाथि हातपात गर्ने जस्ता घटनामा संलग्न हुँदै आएका छन्।

संगठनले सार्वजनिक गरेको विज्ञप्तिमा उपाध्यक्ष शाहीले सिफारिस लिन आएका सुर्खेत जनमाविमा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरेको, जातीय भेदभावपूर्ण शब्द प्रयोग गर्दै एक वडा अध्यक्षलाई समेत कार्यकक्षमै गएर कुटपिट गरेको आरोप उल्लेख गरिएको छ।

साथै, दैनिक रूपमा मदिरा सेवन गरी गाउँपालिका भित्रका कर्मचारीहरूलाई गालीगलौज गर्ने, कार्यालयमा नियमित उपस्थित नहुने र उपस्थित हुँदा पनि नकारात्मक गतिविधिमा संलग्न हुने गरेको आरोप लगाइएको छ।

कम्युनिस्ट युवा संगठन नेपाल, जिल्ला समिति जाजरकोटले यस्ता अराजक, जनविरोधी र गैरकानुनी क्रियाकलाप तत्काल अन्त्य हुनुपर्ने माग गर्दै सम्पूर्ण वामपन्थी, देशभक्त, प्रगतिशील र जनतान्त्रिक युवाहरूलाई एकजुट हुन आह्वान गरेको छ। संगठनले जनप्रतिनिधिबाट हुने दमन, विभेद र हिंसा विरुद्ध संघर्ष जारी रहने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>