सालपा विकास बैंकको प्राथमिक सयर (आईपीओ) आगामी पुस २५ गते शुक्रवार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आईपीओ बाँडफाँटका लागि आवश्यक ‘प्रि–अलॉटमेन्ट’ को काम सम्पन्न भइसकेको छ ।
यस आईपीओमा लगानीकर्ताहरूको उल्लेख्य आकर्षण देखिएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अन्तिम तथ्याङ्क अनुसार कुल २३ लाख ८३ हजार ४०७ जना आवेदकले २ करोड ७८ लाख ८४ हजार ५७० कित्ता सेयरका लागि आवेदन दिएका छन् । यो मागभन्दा १९.३७ गुणा बढी आवेदन हो ।
कम्पनीले सर्वसाधारणका लागि कुल १४ लाख ३९ हजार १७९ कित्ता सेयर निष्कासन गरेको थियो । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले सेयर बाँडफाँट गर्दा कुल आवेदक मध्ये १ लाख ४३ हजार ९१७ जनाले मात्रै १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन् । बाँकी २२ लाख ३९ हजार भन्दा बढी आवेदकको हात भने खाली हुने देखिएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया